
नयाँ दिल्ली, 16 मई (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबार युरोपेली देश नेदरल्याण्ड्स पुगेका छन्। त्यहाँ पुगेपछि प्रवासी भारतीय समुदायले उनको भव्य स्वागत गरेको थियो। प्रधानमन्त्रीले शनिबार उक्त स्वागतका केही झलकहरू सार्वजनिक गरेका छन्।
प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्समार्फत “हिजो नेदरल्यान्ड्स पुग्दा भारतीय समुदायबाट प्राप्त आत्मीय स्वागत साँच्चिकै विशेष थियो भनी बताएका छन्। उनले प्रवासी भारतीयहरूको अपनत्व, उत्साह र स्नेह अत्यन्त भावुक बनाउने खालको थियो भनी प्रतिक्रिया दिएका छन्।
प्रधानमन्त्रीले सामाजिक सञ्जालमा स्वागत समारोहका केही विशेष तस्वीर तथा झलकहरू पनि साझा गरेका छन्। नेदरल्यान्ड्समा बसोबास गर्ने भारतीय समुदायले उनको स्वागतमा भव्य सांस्कृतिक कार्यक्रम आयोजना गरेको थियो। उक्त कार्यक्रममा भारतको विविधता तथा समृद्ध सांस्कृतिक सम्पदाको झल्को प्रस्तुत गरिएको थियो।
स्वागत समारोहमा भारतीय प्रवासीहरूले देशका विभिन्न भागका पारम्परिक नृत्यहरू प्रस्तुत गरेका थिए। कार्यक्रममा कथक, ओडिसी, भरतनाट्यम, कुचिपुडी, मोहिनीअट्टम लगायतका नृत्य प्रस्तुत गरिनुका साथै गरबा नृत्य पनि समावेश गरिएको थियो।
यसअघि प्रधानमन्त्री मोदीले एक्समार्फत आफू एम्स्टर्डम आइपुगेको जानकारी दिएका थिए। उनले भारत र युरोपेली संघबीचको स्वतन्त्र व्यापार सम्झौताले व्यापार तथा लगानी सम्बन्धलाई नयाँ गति दिएको उल्लेख गर्दै सेमिकन्डक्टर, जल, स्वच्छ ऊर्जा लगायतका क्षेत्रमा सहकार्य अझ सुदृढ हुने विश्वास व्यक्त गररेका छन्।
प्रधानमन्त्री मोदीले नेदरल्यान्ड्सका प्रधानमन्त्री राब जेटेनसँग वार्ता गर्नुका साथै राजा विलेम-अलेक्जेंडर तथा महारानी म्याक्सिमासँग पनि भेट गर्ने कार्यक्रम रहेको बताएका छन्।
यो भ्रमण भारत र नेदरल्यान्ड्सबीचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै त्यहाँ रहेका भारतीय प्रवासीहरूसँगको सम्बन्ध अझ गहिरो बनाउने दिशामा महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।
प्रधानमन्त्री मोदी संयुक्त अरब इमिरेट्स, नेदरल्यान्ड्स, स्विडेन, नर्वे र इटली गरी पाँच देशको भ्रमणमा निस्किएका हुन्। उनी सबैभन्दा पहिले यूएई पुगे भने त्यसपछि नेदरल्यान्ड्स पुगेका छन्। प्रधानमन्त्री १७ मईसम्म नेदरल्यान्ड्समा रहने कार्यक्रम रहेको छ।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी