मुख्यमन्त्रीले राज्यपाललाई दिए राज्य स्थापना दिवसको बधाई
CM PS Tamang met governor


गान्तोक, 16 मई (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले ५१औँ राज्य स्थापना दिवसको अवसरमा राज्यपाल ओमप्रकाश माथुरलाई हार्दिक बधाई व्यक्त गरेका छन्।

मुख्यमन्त्री तामाङले आज सामाजिक सञ्जाल फेसबुक पोस्टमा लेखेका छन्, 'लोकभवनमा राज्यपाल ओमप्रकाश माथुरलाई हार्दिक शुभकामना तथा न्यानो अभिवादन व्यक्त गरे। यस समारोहले राज्यको समृद्ध सांस्कृतिक सम्पदा, उपलब्धिहरू तथा प्रगतिशील भावनालाई झल्काउँदै शान्ति, एकता र विकासप्रति पुनः प्रतिबद्ध बन्न प्रेरित गरेको थियो।'

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande