
हैलाकान्दी (असम), 16 मई (हि.स.)। असमको हैलाकान्दी जिल्लामा निरन्तर परिरहेको मुसलधारे पानीले व्यापक नोक्सान पुऱ्याएको छ। यस क्षेत्रमा भएको घना वर्षाको कारणले एउटा आरसीसी पुल भत्किएको छ जसले गर्दा पाँच ग्राम र मुकाम कुटीबीच सम्पर्क पूर्ण रूपले विच्छिन्न भएको छ।
भनिन्छ, केही दिनदेखिको जारी धारा प्रवाह वर्षाले गर्दा क्षेत्रका नदी-नालाहरूको जलस्तर लगातार बढ़िरहेको थियो। यसबीच अत्यधिक दबाव परेर पुल अचानक भत्कियो। पुल क्षतिग्रस्त भएपछि स्थानीय मानिहरू चिन्तित भएका छन्।
यस सड़क मार्गमाथि निर्भर केही गाउँहरूका हजारौं मानिसहरूको ओहोर-दोहोर पूर्ण रूपले प्रभावित भएको छ। ग्रामीणहरूलाई अब यातायातको लागि ठूलो कठिनाई भइरहेको छ। दैनन्दिन जीवनका आवश्यक वस्तुहरूको आपूर्ति तथा आपतकालीन सेवामाथि पनि यसको प्रभाव पर्ने आशङ्का व्यक्त गरिँदैछ।
स्थानीय प्रशासनले स्थितिमाथि नजर राखिरहेको छ। क्षेत्रमा वैकल्पिक सम्पर्क व्यवस्था बहाल गर्ने प्रयास शुरू गरिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा