
जलपाईगुड़ी, 16 मई (हि.स.)। पश्चिम बङ्गालका राजगञ्जबाट नवनिर्वाचित विधायक दिनेश सरकारले शपथ ग्रहण गरेपछि एक विशेष सन्देश दिँदै साधारण जीवन अनि जागरूकताको परिचय दिए। विधानसभामा शपथ लिएपछि शनिवार बिहान उनी कोलकातादेखि जलपाईगुड़ी रेलवे स्टेशनमा आइपुगे जहाँ पार्टी कार्यकर्ता अनि समर्थकहरूले उनलाई भव्य स्वागत गरे।
स्टेशनमा समर्थकहरूले नारा लगाएर, फूल-माला पहिराएर उनलाई अभिनन्दन गरे। त्यसपछि दिनेश सरकार स्टेशन परिसरबाट टोटो (ई-रिक्शा)-मा सवार भई आफ्नो घर तर्फ प्रस्थान भए।
टोटो मार्फत घर आउनुको कारण बताउँदै विधायकले भने, “देशभरि नै तेल बचाउन आवश्यक छ। हाम्रा प्रधानमन्त्रीले पनि तेल बचाउने अपील गरेका छन्। त्यै सन्देशलाई ध्यानमा राखेर आज मैले टोटो मार्फत घर फर्किने फसेला गरें।” उनको यो कदम मानिसहरूमाझ चर्चाको विषय बन्न पुग्यो। यसलाई इन्धन बचतप्रति जागरूकता फैलाउने पहलको रूपमा हेरियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा