
कोलकाता, 16 मई (हि.स.)। पूर्व रेलवेका सबैभन्दा व्यस्त स्टेशनहरूमा सामेल सियालदहलाई अन्ततः हकर मुक्त बनाउने कारबाही शुरू गरियो। गए शुक्रवार अबेर राती रेलवे सुरक्षा बल (आरपीएफ) औ राजकीय रेलवे पुलिस (जीआरपी)-ले संयुक्त अभियान सञ्चालन गरी सियालदह उत्तर एवं दक्षिण सेक्शनबाट लगभग 300 वटा अवैध पसलहरूलाई हटाइयो।
रेल सूत्र अनुसार यो अभियान बितेको शुक्रवार राती लगभग 11:30 बजे शुरू भएर शनिवार सवेरै लगभग 3 बजेसम्म सञ्चालन भयो। यस कारबाहीमा प्लेटफर्म तथा रेल परिसरका विभिन्न भागहरूमा वर्षौंदेखि जमेर बसेका हकर तथा अस्थाायी पसलहरूलाई खाली गराइयो।
बताइन्छ, रेलवे प्रशासनले पछिल्लो साता मात्र हकरहरूलाई नोटिस जारी गरी परिसरलाई खाली गर्ने निर्देश दिएको थियो। दुई दिनअघि पनि कारबाही गरिएको थियो, तर हकरहरूको अनुरोधमा उनीहरूलाई केही अतिरिक्त समय दिइएको थियो। निर्धारित समय-सीमा समाप्त भएपछि शुक्रवार राती प्रशासनले कड़ा कदम उठाएको हो।,
रेल अधिकारीहरूको भनाइ छ, अवैध कब्जा तथा साँघुरिँदै गएको आवागमनको कारणले आम यात्रीहरूलाई दिनहुँ विभिन्न प्रकारका असुविधाहरूको सामना गर्न परिरहेको थियो। भीड़ अधिक हुने गरेकोले भागदौड़ जस्तै स्थिति सृजना हुने आशङ्का पनि व्याप्त थियो। पूर्वमा प्राप्त कतिपय रिपोर्टहरूमा प्लेटफर्म तथा गल्लीहरूमा बढ़्दो भीड़ कुनै पनि दुर्घटनाको कारण बन्नसक्ने चेताउनी पनि दिइएको थियो।
रेलवेको दाबी छ, यस अभियानपछि यात्रीहरूको आवागमन सहज हुनेछ तथा स्टेशन परिसरमा सुरक्षा व्यवस्था पनि श्रेष्ठ हुनेछ।
तथापि अर्कोतिर यस कारबाहीले सयकड़ौं हकरहरू समक्ष रोजगारको सङ्कट उत्पन्न गराएको छ। वर्षौंदेखि स्टेशन परिसरमा पसल राखेर जीवन यापन गर्दै आइरहेका हकरहरूले प्रशासनसित पुनर्वास तथा वैकल्पिक व्यवस्था गराउने माग गरेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा