सड़क दुर्घटनामा लुटपाटका आरोपी घाइते
सड़क दुर्घटनामा लुटपाटका आरोपी घाइते


नगाउँ (असम), 16 मई (हि.स.)। नगाउँ जिल्लाको मोरीकलङ्ग क्षेत्रमा हालैमा भएको लुटपाटको एक मामिलामा सामेल मुख्य आरोपी गए राती भएको एक सड़क दुर्घटनामा परी गम्भीर रूपमा घाइते भएको छ।

पुलिसले शनिवार बतायो, बितेको राती पुलिसले मोरीकलङ्ग क्षेत्रमा भएको लुटपाटको मामिलामा सामेल मुख्य आरोपी रजिबुल इस्लामलाई एउटा वाहन मार्फत लगिरहेको थियो।

घटनामा लुटेको सुनको चेन खोज्नको लागि पुलिसले उसलाई लगिरहेको थियो, तर बाटोमा पुलिसको वाहन एउटा वाहनसित ठोक्कियो जसमा रजिबुल इस्लाम गम्भीर रूपमा घाइते भयो जसलाई उपचारको निम्ति गम्भीर अवस्थामा नगाउँ चिकित्सा महाविद्यालमा भर्ती गरिएको छ। यस घटनामा पुलिस अधिकारी विमान गोगोई सहित अन्य दुई जना पुलिसकर्मी पनि घाइते भए। रजिबुलको दुवै खुट्टा र एउटा हातलाई वाहनले कुल्चिएको छ। पुलिसले घटनाको सिलसिलामा एक प्राथमिकी दर्ता गरी मामिलाको जाँच गरिरहेको छ।

उल्लेखनीय छ, गत 25 अप्रेलको दिन रजिबुल इस्लामले लखिमपुरदेखि नगाउँमा आएर लुटपाटको घटनालाई परिणाम दिएको थियो। यस घटनामा रजिबुलले रडले प्रहार गरेको कारणले रूपरेखा भुइयाँ सैकिया नामक महिला गम्भीर रूपमा घाइते भएकी थिइन्जसको दुई दिनअघि उपचारको क्रममा मृत्यु भयो। रजिबुललाई पुलिसले सीसीटीभी फुटेजको आधारा अरुणाचल प्रदेशको लेखापानी क्षेत्रबाट पक्राउ गरेको थियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande