
चिराङ्ग (असम), 16 मई (हि.स.)। चिराङ्ग जिल्लाको उत्तर सिलवाड़ी क्षेत्रमा भएको सड़क दुर्घटनामा एक दम्पत्तिको मृत्यु भयो। पुलिसले शनिवार बतायो, जिल्लाको उत्तर सिलवाड़ी क्षेत्रमा वाहनको चपेटमा परेर स्कुटी सवार पति-पत्नीको घटनास्थलमै मृत्यु। मृतकको पहिचान सीआईएसएफका जवान राहुल राय र उनकी पत्नी अनामिका पाटवारी रायका रूपमा गरिएको छ। उनीहरूकी एकमात्र छोरी कस्तुरी राय गम्भीर रूपमा घाइते भएकी छन् जसलाई उपचारको निम्ति लोअर असम अस्पतालमा भर्ती गरिएको छ। घटनाको सूचना पाएर घटनास्थलमा पुगेको पुलिस टीमले दुवै शवलाई आफ्नो कब्जामा लिएर पोस्टमर्टम गर्नको लागि अस्पतालमा पठाइदियो। दम्पत्तिको अचानक भएको मृत्युको कारणले सम्पूर्ण क्षेत्र शोकमा डुबेको छ। पुलिसले यस सम्बन्धमा एक प्राथमिकी दर्ता गरी मामिलाको जाँच गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा