
सिलचर (असम), 16 मई (हि.स.)। असम सहित सम्पूर्ण पूर्वोत्तर राज्यमा भइरहेको अविरल वर्षा, हावा-हुन्डरी तथा पैह्रोका घटनाहरूले सम्पूर्ण क्षेत्र प्रभावित भएको छ। तथापि पूर्वोत्तर सीमान्त रेलवेका मुख्य जनसम्पर्क अधिकारी कपिञ्जल किशोर शर्माले शनिवार जानकारी दिए, पैह्रोले यस खण्डको रेल सेवा प्रभावित भएको छैन। उनले भने, बदरपुर-सिलचर रेलखण्डमा हाल वर्षा वा पैह्रोको कारणले कुनै प्रकारको व्यवधान भएको छैन। सबै ट्रेन सेवाहरू सामान्य रूपमा सञ्चालन भइरहेका छन्।
उनले भने, गए शुक्रवार बदरपुरको छेउमा पञ्चग्राम क्षेत्रमा रेलवे ट्र्याक निकट सामान्य रूपमा माटो धसिएको थियो। तथापि रेलवे कर्मीहरूले तत्काल कारबाही गर्दै प्रभावित स्थललाई तत्काल सफा गरिदिए जसबाट रेल परिचालनमा कुनै प्रभाव परेन।
उनले बताए, स्थिति पूर्ण रूपमा नियन्त्रणमै छ भने सतर्कताको रूपमा सम्बन्धित स्थानमा लगातार निगरानी राखिँदैछ।रेल प्रशासनले यात्रीहरूसित कुनै पनि प्रकारको चिन्ता नगर्ने अपील गर्दै भन्यो, यस रेलखण्डमा सबै ट्रेनहरू निर्धारित समयानुसार चलिरहेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा