भारतका उपराष्ट्रपति सीपी राधाकृष्णन सिक्किम आइपुगे
उपराष्ट्रपति सीपी राधाकृष्णन सिक्किम पहुंचे


पाकिम, 16 मई (हि.स.)। भारतका उपराष्ट्रपति सीपी राधाकृष्णन शनिवार एकदिने आधिकारिक भ्रमणका क्रममा सिक्किम आइपुगे। सिक्किम र पश्चिम बंगालको सीमामा रहेको रम्फूस्थित टुरिस्ट फ्यासिलिटेशन सेन्टरमा उनलाई भव्य स्वागत गरियो।

उपराष्ट्रपति हेलिकप्टरमार्फत सिक्किम आउने कार्यक्रम भए पनि बागडोगरा विमानस्थलमा प्रतिकूल मौसमका कारण उहाँ राष्ट्रिय राजमार्ग १०ए हुँदै सडकमार्गबाट सिक्किम आइपुगेका छन्।

रम्फूमा अतिरिक्त सचिव गृह (प्रोटोकल) तथा राज्य प्रोटोकल अधिकारी मिंग्मा डिकी शेर्पा, पाकिम जिल्लाकी जिल्लापाल परी बिश्नोई, वरिष्ठ पुलिस अधीक्षक पारु रुचल तथा रम्फूकी एसडीएम सुजाता सुब्बाले उनलाई स्वागत गरे। राज्य सरकारका अधिकारीहरूले उपराष्ट्रपतिलाई परम्परागत खादा अर्पण गरेर स्वागत गरे। त्यसपछि उपराष्ट्रपति तथा उनको प्रतिनिधिमण्डल गान्तोकस्थित राजभवनतर्फ प्रस्थान गरे।

भारतका उपराष्ट्रपति आज राजधानी गान्तोकमा आयोजना हुने राज्य दिवस समारोहमा सहभागी हुने कार्यक्रम रहेको छ।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande