नदीमा डुबेका युवकको घरमा पुगे विधायक, परिवारजनलाई दिए सहयोग गर्ने आश्वासन
नदीमा डुबेका युवकको घरमा पुगे विधायक, परिवारजनलाई दिए सहयोग गर्ने आश्वासन


हुगली, 16 मई (हि.स.)। हुगली जिल्लाको श्रीरामपुर महेश क्षेत्रमा सत्यम साव नामक युवक नुहाउँदै गर्दा गङ्गाग नदीमा डुबेका थिए। गए शुक्रवार अपरान्ह जगन्नाथ घाटबाट उसको शवलाई उद्धार गरियो। घटनाको खबर सुन्नसाथ श्रीरामपुरका विधायक भास्कर भट्टाचार्य शुक्रवार राती नै श्रीरामपुर नगरपालिकाको 21 नम्बर वार्डस्थित सत्यमको घरमा पुगे। विधायकले पीड़ित परिवारजनसित भेट गरी यस दुःखको घड़ीमा परिवारको साथमा उभिने भरोसा दिलाए। भास्कर भट्टाचार्यले भने, यो घटना अत्यन्त दुर्भाग्यपूर्ण र मर्माहत पार्ने किसिमको छ। यस दुःखको घड़ीमा उनी पिड़ित परिवारको साथमा छन्। सत्यमको शवको पोस्टमर्टम शनिवार श्रीरामपुर वाल्श अस्पतालमा गरियो।

यस अवधि स्थानीय मानिसहरूको भावुक प्रतिक्रिया पनि देख्न पाइयो। स्थानीय रञ्जन नायकले भने, पछिल्लो 15 वर्षमा पहिलो पटक कुनै विधायकलाई मानिसहरूको दुःख-पीड़ामा सँगै पाइएको छ। आशा छ, क्षेत्रका मानिसहरूको हरेक सुख-दुःखमा विधायकले यसरी नै साथ दिनेछन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande