
गान्तोक, 16 मई (हि.स.)। सेन्ट्रल ब्याङ्क अफ इण्डिया (सीबीआई) ले सिक्किममा आगामी सेप्टेम्बर महिनासम्म लगभग 250 करोड़ रूपियाँको ऋण उपलब्ध गराउने लक्ष्य राखेको बताए।
गान्तोकमा आयोजित एमएसएमई ऋण आउटरिज कार्यक्रममा सीबीआईका जलपाइगढ़ी क्षेत्रिय प्रबन्धक रणधीर कुमार सिंहले भारत सरकारद्वारा जारी ध्वजवाहक वित्तीय कार्यक्रम उन्नती स्किम अन्तर्गत राम्रो उपलब्धि रहेको बताए। अहिलेसम्म 55 करोड़ रूपियाँको ऋण उपलब्ध गराइसकेको तथा आज कार्यक्रममा मात्रै 23 करोड़ रूपियाँको ऋणको प्रस्तावलाई अनुमोदन गरेको बताए। उन्नती स्किम गत मार्च महिनासम्म रहेको भएपनि सिक्किम सरकारले यसलाई ग्राहकहरूको सुविधाको निम्ति आगामी सेप्टेम्बर महिनासम्मको मियाद थपिदिएको कारण अहिले व्यावसायीहरूले सहज तरिकाले ऋण प्राप्त गरिरहेको बताए।
यसैगरि प्रबंधक सिंहले ब्याङ्कले सिक्किममा विशेषरूपमा होटल व्यावसायमा लगानी गर्ने निर्णयछ
गरिएको बताए। सिक्किममा सजिलो प्रकारले ऋण उपलब्ध हुने तथा यसको निम्ति परियोजना अनुसार ऋण उपलब्ध गराउने बताए। कम्ती क्लोलेटरलको आधारमा ऋण उपलब्ध गराउने तथा व्यापारमैत्री नीति अवलम्बन गरेर कार्य गरिरहेको बताए। जलपाइगढी क्षेत्र अन्तर्गत सिक्किम क्लस्टरलाई होटलको निम्ति ऋण उपलब्ध गराउन एमएसएमईको बारेमा आजको आउटरिच कार्यक्रममा व्यावसायीहरूलाई अवगत गराइएको बताए।
कार्यक्रममा सिक्किमको सबै जिल्लामा रहेका सीबीआईका अधिकारीहरूको उपस्थिति रहेको थियो। उनीहरूले आआफ्नो क्षेत्रमा रहेका ब्याङ्कका शाखाहरूको मार्फत ग्राहकहरूलाई उन्नती योजना अन्तर्गतको ऋण उपलब्ध गराउने प्रयासहरूको बारेमा अवगत गराए।
यसैगरि उनीहरू ग्राहकसम्म पुगेर यसको निम्ति ब्याङ्कले प्रदान गर्ने सुविधा साहुलियतहरू तथा ऋण प्राप्तिको निम्ति नियम र सहजीकरणको बारेमा अवगत गराइरहेको जानकारी दिए। यसैगरि कार्यक्रममा उपस्थिति उपभोक्ता तथा ग्राहणहरूले पनि अन्तक्रिया गरेर आफ्नो मन्तव्य राखेका थिए भने जिज्ञासाहरूको समाधान उपस्थिति अधिकारीहरूले गरेका थिए।
---------------
हिन्दुस्थान समाचार / बिशाल