सोनादा डिग्री कलेजमा दाइजो प्रथाको कुप्रभाव बिषयमा व्याख्यान कार्यक्रम
सोनादा डिग्री कलेजमा दाइजो प्रथाको कुप्रभाव बिषयमा व्याख्यान कार्यक्रम


सोनादा, 16 मई (हि.स.)। सोनादा डिग्री कलेजको महिला प्रकोष्ठले कलेजको आन्तरिक गुणवत्ता मूल्याङ्कन कमिटी (आईक्युएसी) सँगको सहकार्यमा दाइजो प्रथाको कुप्रभाव विषयमा विशेष व्याख्यान कार्यक्रम कलेजको प्रेक्षागृहमा सम्पन्न भयो। उक्त कार्यक्रममा इतिहास विभागका उप प्राध्यापक डा. प्रमोद छेत्री तथा राजनीतिशास्त्र विभागकी उप प्राध्यापिका सुशीला बराइलीले व्याख्यान प्रस्तुत गरेका थिए।

डा. छेत्रीले आफ्नो वक्तव्यमा दाइजो प्रथाको ऐतिहासिकताकालाई प्रस्तुत गर्दै वर्तमान समयमा यसले निम्त्याइरहेको नकारात्मक तथा भयावह परिणामहरूबारे सन्दर्भसहित व्याख्या गरे। कार्यक्रममा कलेजका सम्पूर्ण कर्मचारी तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो। यो व्याख्यान दाइजो प्रथा कति गहिरोसँग समाजमा जरा गाडेर बसेको छ भन्ने विषयमा अत्यन्तै सूचनामूलक सामाजिक तथा सांस्कृतिक समीक्षा थियो। लैङ्गिक समानता र समतामूलक समाज निर्माणका लागि यस प्रथाको अन्त्य आवश्यक रहेको कुरामा जोड दिइयो।

अन्त्यमा डा. छेत्रीले विशेषगरी युवापुस्ताले दाइजो प्रथाको भयावह स्वरूपबारे अज्ञान रहेका मानिसहरूलाई सचेत बनाउन सक्रिय भूमिका खेल्नुपर्ने आवश्यकता रहेको कुरो जनाए। सुशिला बराइलीले वर्तमान समयमा दाइजो प्रथा जस्तो सामाजिक कुरीतिलाई कसरी अन्त्य गर्न सकिन्छ भन्ने विषयमा आफ्नो विचार व्यक्त गरेकी थिईन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande