
बरपेटा (असम), 17 मई, (हि.स.)। असममा अनलाइन ठगीको फेरि अर्को मामिला प्रकाशमा आएको छ। कहिले आफूलाई प्रतिष्ठित व्यापारी त कहिले ठेकादारा अथवा अधिकारी बताएर सोशल मीडियामा मानिसहरूलाई जालमा फसाउने एकजना कथित ठगलाई बरपेटा पुलिसले पक्राउ गरेको छ।
पुलिसले आइतवार बतायो, पक्रा पर्ने आरोपीको पहिचान धर्मेश्वर राय उपनाम जितु रायको रूपमा भएको छ। आरोप छ, उसले फेसबुकमा जाली पहिचान बनाएर एकजना युवतीसित सम्पर्क कायम गऱ्यो अनि बिस्तारै विश्वास जितेपछि विभिन्न बहानामा उबाट 10 लाख रुपियाँ ठग्यो।
मामिलाको सिकायत प्राप्त भएपछि बरपेटा पुलिसले अनुसन्धान शुरू गऱ्यो। अनुसन्धानकै क्रममा अभियान सञ्चालन गरी आरोपीलाई पक्राउ गऱ्यो।प्रारम्भिक जाँचमा थाहा लागे अनुसार धर्मेश्वर रायविरूद्ध विभिन्न थानाहरूमा भारतीय दण्ड संहिताको धारा 420 अन्तर्गत 22 भन्दा अधिक मामिलाहरू दर्ता छन्।
पुलिसको भनाइ छ, आरोपीले पछिल्लो लामो समयदेखिकै सोशल मीडियामा भिन्न-भिन्न पहिचान स्थापना गरेर मानिसहरूलाई ठगीको शिकार बनाउँदै आइरहेको थियो। हाल पुलिस मामिलाको विस्तृत जाँचमा जुटेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा