
हावड़ा, 17 मई (हि.स.)। यात्रीहरूको सुविधा एवं स्टेशन परिसरमा अव्यवस्थालाई साम्य बनाउनको लागि हावड़ा रेलवे स्टेशनको छेउमा अवैध अतिक्रमणविरूद्ध ठूलो कारबाही गरियो। गए शनिवार अबेर राती रेलवे पुलिसले अभियान सञ्चालन गरी लगभग 150 वटा अवैध पसलहरूलाई बुलडोजरले ध्वस्त बनाइयो।
सूत्र अनुसार हावड़ा स्टेशन बाहिर पछिल्लो लामो समयदेखिकै अवैध रूपमा कतिपय पसल तथा अस्थायी ढाँचाहरू बनाइएको थियो जसबाट यात्रीहरूलाई ओहोर-दोहोर गर्न समस्या भइरहेको थियो। यसैलाई मध्यनजर गर्दै रेलवे प्रशासनले यो कारबाही गरेको हो।
अभियानमा सम्पूर्ण क्षेत्रलाई घेराबन्दी गरी ठूलो सङ्ख्यामा पुलिस बललाई तैनाथ गरियो। त्यसपछि बुलडोजरको मद्दतले एउटा-एउटा गर्दै अवैध पसलहरूलाई हटाइयो। पसलेहरूले पहिलाबाटै आफ्ना सामानहरू पन्साइसकेका थिए भने कतिपय सामानहरू कारबाहीको चपेटमा पनि परे।
रेलवे सूत्र मुताविक यहाँ कारबाही गर्न अगावै पसलेहरूलाई नोटिस जारी गरिएको थियो भने अतिक्रमणलाई हटाउने निर्देश पनि दिइएको थियो।तथापि अतिक्रमणलाई नहटाइएको कारणले अदालतको आदेशमा यो अभियान सञ्चालन गरिएको हो।
रेलवे पुलिसले बतायो, यो कदम यात्रीहरूको सुरक्षा अनि सहज आवागमनलाई सुनिश्चित गर्नको लागि उठाइएको हो। अधिकारीहरूको भनाइ छ, स्टेशन परिसरमा भीड़ तथा अवैध कब्जाको कारणले लामो समयदेखिकै समस्या भएको थियो।
स्थानीय यात्रीहरूको एउटा ठूलो वर्गले यस कारबाहीलाई स्वागत गरेको छ भने केही पसलेहरूले नोटिसको समय अनि कारबाहीको प्रक्रियामाथि प्रश्न उठाएका छन्।
---------------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा