मन्त्री अतुल बोराले ग्रहण गरे पदभार, सय दिने कार्ययोजना कार्यक्रम आरम्भ
मन्त्री अतुल बोराले ग्रहण गरे पदभार, सय दिने कार्ययोजना कार्यक्रम आरम्भ


गुवाहाटी, 17 मई (हि.स.)। अतुल बोराले पञ्चायत एवं ग्रामीण विकास विभागीय मन्त्रीको रूपमा औपचारिक रूपमा पदभार ग्रहण गरे। विभागको जिम्मेवारी सम्हालनसाथ उनले राज्यको विकासलाई गति दिने उद्देश्यले सय दिने कार्ययोजना लागू गर्ने घोषणा गरे।

पदभार ग्रहण गरेपछि गए शनिवार राती मन्त्रीले विभागीय अधिकारीहरूसित बैठक गरी विभिन्न योजना एवं परियोजनाहरूको समीक्षा गरे। उनले ग्रामीण क्षेत्रहरूमा चलिरहेका विकाकस योजनाहरूको प्रभावकारी क्रियान्वयन तथा समयबद्ध कार्य निष्पादनमाथि विशेष बल दिए।

यस अवसरमा अतुल बोराले भने, राज्यको विकासको लागि उपलब्ध निधिहरूको समुचित एवं पारदर्शी उपयोग सुनिश्चित गरियोस्। उनले भने, पञ्चायत एवं ग्रामीण विकास विभागको माध्यमबाट जनहितकारी योजनाहरूलाई द्रूत गतिमा अगाड़ि बढ़ाइनेछ। मन्त्रीले विभागीय अधिकारीहरूलाई श्रेष्ठ समन्वय तथा दक्षताको साथमा कार्य गर्ने निर्देश दिँदै सय दिने कार्यक्रमलाई सफल बनाउने आह्वान गरे।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande