
गुवाहाटी, 17 मई (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाका प्रधान प्रेस सचिवका रूपमा वरिष्ठ पत्रकार ध्रुव महन्तलाई पुनः नियुक्त गरिएको छ। यस सम्बन्धमा गए शनिवार राती आधिकारिक घोषणा गरियो।
यसको साथै नवजीत पाटगिरीलाई पनि मुख्यमन्त्रीका सञ्चार, जनसम्पर्क एवंं प्रोटकल विभागमा विशेश कर्तव्यरत् अधिकारी (ओएसडी)- को रूपमा पुनर्नियुक्त गरिएको छ।
राज्य सरकारका यी महत्वपूर्ण प्रशासनिक निर्णयहरूलाई मुख्यमन्त्री कार्यालयको मीडिया समन्वय व्यवस्था, जनसम्पर्क गतिविधि तथा सञ्चार तन्त्रलाई अझ बढ़ी सशक्त बनाउने दिशामा अहम मानिँदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा