
कामरूप (असम), 17 मई, (हि.स.)। कामरूप जिल्लाका आठारा कामारटोला गाउँमा एक सन्त्राषपूर्ण डकेटीको घटना भएको प्रकाशमा आएको छ। पाँचं सदस्यीय सशस्त्र डकेट गिरोहले सीआरपीएफ जवान कनिष्क डेकाको घरमा पसेर नगद, सुन-चाँदीको आभूषण तथा अन्य मूल्यवान वस्तुहरू लुटेर भागे। यो घटना गत 14 मईको अबेर राती भएको बताइएको छ।
जानकारी अनुसार जवान कनिष्क डेका अहिलेघरि ड्यूटीको सिलसिलामा जम्मू-कश्मीरमा तैनाथ थिए। त्यसैको फाइदा उठाएर डाँकाहरू घरको ढोका भत्काएर भित्र प्रवेश गरे। भनन्छ, हतियारधारी डाँकाहरूले लगभग 40 मिनटसम्म घरभित्र रहेको एउटा-एउटा कोठाको जाँच गरेर मूल्यवान वस्तुहरू भेला पारेर आफूसित लिएर गए।
घरको सीसीटीभी क्यामरामा सम्पूर्ण घटनाको रेकर्ड भएको छ। फुटेजमा मुखौटोधारी डाँकाहरूले हातमा हतियार बोकेर घरभित्र भित्रिँदै गरेको देखिएको छ। पुलिसले अब सीसीटीभी फुटेजको आधारमा आरोपीहरूलाई चिन्हित गरी पक्राउ गर्ने कारबाहीमा जुटेको छ।
घटना भइरहँदा जवानकी पत्नीले आफ्नो विवेकलाई प्रयोग गरिन्। संदिग्ध गतिविधि भएको महसूस भएपछि तिनी आफ्ना बिमार ससुराको नजिकैबाट बाथरूममा लुगेर बसिन् अनि त्यहाँबीट आफन्तहरूलाई फोन गरेर मद्दत माग्ने प्रयास गरिन्। पहिला तिनले आफ्नो भाइलाई फोन गरिन्, तर फोन बन्द भएको कारणले सम्पर्क हुन सकेन। पछि उनले आफ्नी बहिनीलाई घटना बारे जानकारी दिइन्।
परिवारजन तथा स्थानीय मानिसहरू घटना बारे जानकारी पाएपछि तुरून्तै घरमा आए। बाहिरका मानिसहरूको गतिविधि तथा स्वर सुनेर डाँकाहरू पछिल्लो ढोकाबाट नगद र गहनाहरू लिएर भागे।
डाँकाहरू भागेपछि परिवारका सदस्यहरू बाहिर निक्ले, त्यसपछि मात्र उनीहरूले चोरी भएका सामानहरूको बारेमा थाहा पाए। यस घटनापछि गाउँको माहोल सन्त्राषपूर्ण भएको छ। स्थानीय मानिसहरूले क्षेत्रमा पुलिस गस्ती बढ़ाउने अनि राती सुरक्षा व्यवस्थालाई मजबुत बनाउने माग गरेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा