
हुगली, 17 मई (हि. स.)। जिल्लाको रिषड़ा तीन नम्बर रेलवे गेटको छेउमा निर्माणाधिन अण्डरपासको स्थानीय पार्षद शशि सिंह झाले आइतवार निरीक्षण गरे। यस अवधि भाजपा पार्षदले कार्य प्रगतिको जायजा लिए अनि त्यहाँका कर्मचारीहरूसित बातचित गरे।
शशि सिंह झाले हिन्दुस्थान समाचार-सित कुराकानी गर्दै भने, रिषड़ा अण्डरपासको काम लगभग पूरा भइसकेको छ। पूर्व दिशा तर्फ काम पूरा भइसकेको छ। रेलवे लाइन मुनिको बक्स बनिसकेको छ। पश्चिम तर्फ त्यसलाई खोल्नु बाँकी छ।
भाजपा पार्षदले भने, अण्डरपासको काम पूरा भएपछि यसलाई शुरू गरिनेछ।
उल्लेखनीय छ, रिषड़ा तीन नम्बर रेल गेटमा हुने भयानक जामको समस्यादेखि छुटकारा दिलाउनको लागि रिषड़ा अन्डरपासको निर्माण कार्य शुरू गरिएको थियो। यसको निर्माण कार्य पूरा भएपछि रिषड़ाका हजारौं मानिसहरू यसबाट लाभान्वित हुनेछन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा