बिमल गुरूङको महत्वपूर्ण दाबी- चाँड़ै भङ्ग हुनेछ जीटीए
बिमल गुरूङको महत्वपूर्ण दाबी- चाँड़ै भङ्ग हुनेछ जीटीए


दार्जीलिङ, 17 मई (हि. स.)। गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) सुप्रीमो बिमल गुरुङले दाबी गरेका छन्, आगामी डेढ़ महिनाभित्रमा गोर्खाल्याण्ड टेरिटोरियल एडमिनिस्ट्रेशन (जीटीए)-लाई भङ्ग गरिनेछ। त्यसपछि एउटा जाँच आयोग गठन हुनेछ अनि आगामी 6 महिनाभित्रमा पहाड़को लागि नयाँ संवैधानिक व्यवस्था लागू गरिनेछ। दार्जीलिङको माल क्षेत्रमा गए शनिवार आयोजित एक जनसभामा गुरूङले सो बयान दिएका थिए। उनको यस दाबीपछि पहाड़को राजनीतिमा खैलाबैला तीव्र भएको छ भने सर्वसाधारण जनताहरूबीच मिश्रित प्रतिक्रिया देख्न पाइँदैछ।

गुरुङको बयानलाई लिएर जीटीएका मुख्य जनसम्पर्क अधिकारी शक्तिप्रसाद शर्माले आइतवार कटाक्ष गर्दै भने, सपना देख्नु अपराध होइन, तर उनले आधारहीन कुरा गरेर माहोल तताउने प्रयास गरिरहेका छन्

विवाद त्यसबेला झन् बढ़्यो जतिबेला गुरूङले हालैमा आयोजित एक बैठकमा अनित थापा र विनय तामाङमाथि भ्रष्टाचारको आरोप लगाउँदै आपत्तिजनक टिप्पणी गरे।

यस सिलसिलामा अनित थापाले दा र्जीलिङ सदर थानामा बिमल गुरूङविरूद्ध सिकायत दर्ता गराएका छन् जसको आधारमा पुलिसले जाँच शुरू गरिसकेको छ।

स्मरण गराइन्छ, विधानसभा चुनाउमा दार्जीलिङ विधानसभा आसनमा भाजपा समर्थित उम्मेद्वारको जीत भएपछि बिमल गुरूङ फेरि सक्रिय भएका छन् र अहिलेघरि आफ्नो सङ्गठनलाई मजबुत बनाउनमा जुटेका छन्।

उनले आरोप लगाए, पछिल्लो केही वर्षभित्रमा जीटीए अन्तर्गत धेरै वटा परियोजनाहरूमा व्यापक स्तरमा भ्रष्टाचार भएको छ।

हाल गुरूङको बयान तथा आरोपलाई लिएर पहाड़को राजनीति तातिएको छ भने आगामी दिनमा यस मुद्दामा अझ राजनीतिक विवाद चर्किने सम्भावना पनि देखिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande