
गरियाबन्द 17 मई (हि.स.)। छत्तीसगढ़को गरियाबन्द जिल्लामा आइतवार छत्तीसगढ़ प्रदेश कङ्ग्रेस कमिटीको आह्वानमा कङ्ग्रेस कार्यकर्ताहरूले पेट्रोल-डिजल सङ्कट तथा बढ़्दो मूल्यको विरोधमा प्रदर्शन गऱ्यो। जिल्लाका पेट्रोल पम्पहरू सामु आयोजित यस प्रदर्शनको नेतृत्व ब्लक कङ्ग्रेस कमिटीका अध्यक् अमित मिरी र शहर कङ्ग्रेस कमिटी अध्यक्ष प्रेम सोनवानीले गरे।
प्रदर्शन अवधि कङ्ग्रेस नेताहरूले आरोप लगाए, पेट्रोल र डिजलको लगातार बढ़्दो मूल्यले आम जनता, किसान तथा वाहन चालकहरूमाथि आर्थिक बोढ़ बढ़िरहेको छ। उनीहरूले भने, महँगीको कारणले भान्सा,खेती-किसानी एवं परिवहन सहित हरेक क्षेत्र प्रभावित भइरहेको छ। नेताहरूले सरकारसित ईन्धनको बढ़्दो मूल्यलाई तत्काल फिर्ता लिने अनि महँगीमाथि नियन्त्रण गर्नको लागि ठोस कदम उठाउने माग समेत गरे।
प्रदर्शनमा जिल्ला उपाध्यक्ष पवन सोनकर, महामन्त्री नीरज ठाकुर, महेन्द्र सिंह राजपूत, हेमलता सिन्हा सहित ठूलो सङ्ख्यामा कह्ग्रेस कार्यकर्ताहरू उपस्थित थिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा