
बर्दवान, 17 मई (हि. स.)। आसनसोलको दक्षिण थाना क्षेत्रको लोअर चेलीडङ्गाल क्षेत्रमा एक जना सामाजिक कार्यकर्तामाथि हमला भएको गम्भीर मामिला सामु आएको छ।
सूत्र अनुसार विन्सेन्ट विलर नामक सामाजिक कार्यकर्तामाथि एक जना स्थानीय गुण्डाका उपद्रवीहरूले गरेका हुन्।
बताइए अनुसार हमलाकारीहरूले तिनीमाथि कुटपिट गरे जसले गर्दा क्षेत्रमा कोकोहोलो मचियो। हल्ला सुनेर परिवारजन तथा वरिपरीका मानिसहरू घटनास्थलमा पुगे जसले गर्दा आरोपीहरू त्यहाँबाट भागे। आरोप छ, भाग्दै गर्दा उपद्रवीहरूले विलरलाई गोली दागी ज्यान लिने धम्की दिए। घटनापछि पीड़ितले पुलिसमा सिकायत दर्ता गराएका छन्। सूचना पाएर घटनास्थलमा पुगेको पुलिसले जाँच शुरू गरेको छ।
यस घटनाको जानकारी स्थानीय विधायक कृष्णेन्दु मुखर्जीलाई पनि दिइयो जसले आश्वासन दिए, क्षेत्रमा कुनै पनि प्रकारको गुण्डागिरीलाई सहन गरिनेछैन। दोषीहरूविरूद्ध कड़ा कारबाही गरिनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा