
खड़गपुर, मई 17 (हि.स.)। पश्चिम बङ्गालमासरकार परिवर्तन भएपछि अतिक्रमण विरोधी अभियान शुरू भएको छ। अवैध निर्माणलाई ध्वस्त बनाइँदैछ। यसबीच राज्यका ग्रामोन्नयन एवं प्राणी संरक्षण मन्त्री दिलीप घोषले भने, सरकारी भूमिमा कुनै पनि प्रकारको अतिक्रमणलाई सहन गरिनेछैन।
आइतवारबिहानखड़गपुरमासम्वाददाताहरूलाई सम्बोधन गर्दै दिलीप घोषले भने, हामीसरकारी जमीनमा कुनै पनि प्रकारको अतिक्रमणलाई सहन गरिनेछैन। अवैध निर्माण भएको ठाउँमा बुलडोजर चलाइनेछ। बङ्गालको सत्तामा आएको नयाँ सरकारले पहिलो दिनदेखिकै यो प्रक्रिया शुरू गरेको छ। म अवैध गतिविधिहरूमा सामेल सबै मानिसहरूसित अपील गर्दछु कि उनीहरूले कानूनको सीमाभित्रै रहेर आफ्ना गतिविधिहरूलाई परिणाम दिउन्. सरकारले उनीहरूलाई पूर्ण सहयोग गर्नेछ।
---------------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा