पूर्व मन्त्री गियासुद्दीन मोल्लाले अभिषेक ब्यानर्जी र पुलिस अधिकारीमाथि सिकायत दर्ता गराए
पूर्व मन्त्री गियासुद्दीन मोल्लाले अभिषेक ब्यानर्जी र पुलिस अधिकारीमाथि सिकायत दर्ता गराए


कोलकाता, 17 मई (हि.स.)। दक्षिण 24 परगना जिल्लाको मगराहाट पश्चिम विधानसभा क्षेत्रबाट तीन पटकसम्म विधायक रहिसकेका तथा ममता ब्यानर्जी सरकारमा राज्य मन्त्री रहिसकेका गियासुद्दीन मोल्लाले तृणमूल कङ्ग्रेसका राष्ट्रिय महासचिव एवं लोकसभा सांसद अभिषेक ब्यानर्जी तथा पुलिस अधिकारी मिथुन कुमार डे विरूद्ध स्थानीय थानामा सिकायत दर्ता गराएका छन्।

सिकायत दर्ता भएको पुष्टि गर्दै गियासुद्दीनले आइतवार बताए, उनी पछिल्लो लामो समयसम्म डरले गर्दा मौन थिए। उनले आरोप लगाए, उनलाई आफ्नै पार्टीका कार्यकर्ता तथा प्रशासनिक कारबाहीदेखि डर थियो। अब उनलाई नयाँ प्रशासनिक व्यवस्था तथा मुख्यमन्त्री शुभेन्दु अधिकारी नेतृत्वाधिन सरकारमाथि भरोसा छ, त्यसैले उनले सिकायत दर्ता गराउने निर्णय लिएका हुन्।

गियासुद्दीन मोल्ला मगराहाट पश्चिम सीटबाट वर्ष 2011-देखि वर्ष 2026 सम्म लगातार विधायक रहिसकेका छन्। हालैमा भएको विधानसभा चुनाउमा पार्टीले उनको सट्टा शमिम अहमद मोल्लालाई टिकट दिएको थियो जो वर्तमान विधानसभाका विधायकहरूमा सामेल छन्।

मोल्ला अनुसार तत्कालीन उपमण्डल पुलिस अधिकारी मिथुन कुमार डेमाथि आरोप छ, उनले क्षेत्रका केही तृणमूल कार्यकर्ताहरूविरूद्ध अनुचित दण्डात्मक कारबाही गर्थे। मोल्लाले दाबी गरे, एकजना पार्टी कार्यकर्तालाई पुलिस थानामा कुटपिट गरियो अनि मानसिक उत्पीड़न पनि गरियो।

उनले यो पनि आरोप लगाए, उनले हालैमा यस मामिलाको विरोध गर्दा पुलिस अधिकारीले उनीसित दुर्व्यवहार गरे। लट्ठी लिएर उनीमाथि प्रहार गर्नको लागि झम्टिए। मोल्लाको भनाइ छ, उनले यस सम्पूर्ण मामिलाको जानकारी ममता ब्यानर्जी र अभिषेक ब्यानर्जी दुवैलाई दिएको भए पनि कुनै समाधान हुन सकेन।

मोल्लाले आरोप लगाए, अभिषेक ब्यानर्जीलाई यस घटनाको जानकारी थियो। पुलिस अधिकारीले कथित रूपमा उनकै निर्देशमा काम गरे।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande