कोलकाताका पाँच वटा सरकारी अस्पतालहरूमा स्वास्थ्य सचिवको छड़्के निरीक्षण, सर-सफाई तथा बुनियादी ढाँचाको लिए जायजा
कोलकाताका पाँच वटा सरकारी अस्पतालहरूमा स्वास्थ्य सचिवको छड़्के निरीक्षण, सर-सफाई तथा बुनियादी ढाँचाको लिए जायजा


कोलकाता, 17 मई (हि.स.)। राज्यका स्वास्थ्य सचिव नारायणस्वरूप निगमले गए शनिवार राती कोलकाताका केही सरकारी मेडिकल कलेज एवं अस्पतालहरूको छड़्के निरीक्षण भ्रमण गरे। अस्पतालहरूको सर-सफाई, बुनियादी सुविधा तथा निगरानी व्यवस्था आदिको जायजा लिनको लागि यो दौड़ाह गरिएको हो।

सूत्र अनुसार गत बिहीवार स्वास्थ्य सचिवले कोलकाताका पाँच वटा मेडिकल कले एवं चार वटा शिक्षण संस्थान अस्पतालहरूका प्राचार्य अनि उप-प्राचार्यहरूसित उच्चस्तरीय बैठक गरका थिए। बैठकमा अस्पतालहरूको व्यवस्थालाई लिएर कड़ा निर्देश दिइएको थियो। त्यसपछि गए शनिवार राती उनले स्वयं अस्पतालहरूको निरीक्षण भ्रमण गरे।

सबैभन्दा पहिला स्वास्थ्य सचिव नेशनल मेडिकल कलेज एण्ड हस्पिटलमा पुगे। त्यसपछि उनले कलकत्ता मेडिकल कलेज एण्ड हस्पिटल, नीलरतन सरकार मेडिकल कलेज एण्ड हस्पिटल, आरजी कर मेडिकल कलेज एण्ड हस्पिटल तथा एसएसकेएम अस्पतालको दौड़ाह गरे।

आरजी कर मेडिकल कलेज एण्ड हस्पिटलमा स्वास्थ्य सचिवले उप-प्राचार्य सप्तर्षि चट्टोपाध्याय सहित अन्य चिकित्सक एवं अधिकारीहरूसित बैठक पनि गरे। बैठकमा अस्पतालको स्वच्छता, सुरक्षा व्यवस्था एवं रोगीहरूलाई दिइने सुविधाहरूमाथि चर्चा गरियो।

भनिन्छ, यसै सप्ताह राज्यकी नगर विकास तथा महिला एवं बाल कल्याण मन्त्री अग्निमित्रा पालले अस्पतालहरूको दौड़ाह गरी त्यहाँका अव्यवस्था तथा फोहोरलाई लिएर गहिरो असन्तुष्ट व्यक्त गरेकी थिइन्। त्यसपछदेखि नै स्वास्थ्य विभाग सक्रिय भयो।

स्वास्थ्य भवनको सूत्र मुताविक अस्पताल परिसरहरूको अस्वास्थ्यकर वातावरण, मैला शौचालय औ निगरानी व्यवस्थाको अभावलाई लिएर अस्पताल प्रशासनलाई कड़ा सन्देश दिइएको छ। साथै निर्देश पनि दिइएको छ, शौचालय मात्र नभएर वार्ड तथा कोरिडोरहरू पनि सफा राखियोस्।

सूत्रले दाबी गरेको छ, अस्पतालका विभिन्न भागहरूमा दिनमा न्यूनतम पनि तीन पटक सफाई सुनिश्चित गर्ने निर्देश दििएको छ। साथै यो पनि भनिएको छ, सफाई कार्य नियमित रूपमा भइरहेको छ-छैन, यसको निगरानी पनि गरियोस्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande