
खड़गपुर, 17 मई (हि. स.)। आईआईटी खड़गपुरका वैज्ञानिकहरूले रेललाइनका कमी-कमजोरीहरू बारे पत्तो लगाउनको लागि एउटा विशेष रोबोट विकास गरेको छ। यो रोबोटले रेलको लीक चिरिएको, उच्चतामा अन्तर वा अन्य तकनिकी समस्याहरूको बारेमा पत्तो लगाएर तुरून्तै जानकारी दिन सक्छ।
आईआईटी खड़गपुरको म्याकेनिकल इञ्जीनियरिङ्ग विभागका प्रोफेसर दिलीप कुमार प्रतिहार र उनका शोधकर्ताहरूको टीमले यो रोबोट बनाएको हो।
वैज्ञानिकहरू अनुसार आगामी तीन महिनाभित्रमा यसको काम पूरा गरेर पेटेन्टको लागि आवेदन गरिनेछ।
प्रोफेसर प्रतिहारले बताए, कैयौं पटक दूर्गम क्षेत्रहरू, प्रतिकूल मौसम वा राती रेल लाइनको नियालेर जाँच गर्नु गाह्रो हुन्छ। यस्तो स्थितिमा यो रोबोटले सहजै लीकको निरीक्षण गर्न सक्छ।
जीपीएसद्वारा लैस यस रोबोटलाई रिमोटको माध्यमबाट नियन्त्रण गर्न सकिन्छ। रेल लाइनमा हिँड़्दै जाँदा रेल लाइन फाटिएको वा चर्किएको, दूरत्वमा गड़बड़ी तथा जमीनदेखि उच्चतामा बद्लाउ पाइए यो रोबोट त्यहीँ रोकिन्छ र त्यसको तस्वीर कैद गरेर नियन्त्र गरिरहेका कर्मचारीहरूलाई पठाउँछ। कर्मचारीहरूले कम्प्यूटर वा ल्यापटपमा तस्वीर हेरेर तुरून्तै त्यस स्थानलाई चिन्हित गर्न सक्नेछन्। त्यसपछि मरम्मतको लागि कर्मचारीहरूलाई घटनास्थलमा पठाउन सकिन्छ।
शोधकर्ताहरू अनुसार सामान्य रूपमा यस्तो रोबोट बनाउनमा 15-20 लाख रुपियाँ खर्च हुन्छ, तर व्यापक रूपमा उत्पादन गरियो भने एउटा रोबोटको लागत 2-3 लाख रुपियाँसम्म आउनसक्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा