केन्द्रिय मन्त्री सिन्धियाले गान्तोक भ्रमणका क्रममा परम्परागत ‘बक्खु’ किने
राजधानीमा बक्खु किन्दै केन्द्रिय मन्त्री सिन्धिया।


- सिक्किममा श्रीमतीका लागि उपहार छान्न अलमलिँदा भिडियो कलमार्फत लिए सल्लाह

- स्थानीय उत्पादन डल्ले पेस्ट, डल्ले भिनेगर र तितौरा पनि किने

गान्तोक, 17 मई (हि.स.)‌। सिक्किमको तीन दिवसीय भ्रमणको अन्तिम दिन केन्द्रिय सञ्चार तथा पूर्वोत्तर क्षेत्र विकास मन्त्री ज्योतिरादित्य सिन्धियाले राजधानी शनिबार गान्तोकको प्रसिद्ध एमजी रोडको भ्रमण गर्दै स्थानीय संस्कृति र उत्पादनप्रति विशेष रुचि देखाए। यस क्रममा उनले स्थानीय बक्खु हाउसबाट आफ्नी धर्मपत्नी प्रीयादर्शिनी राजे सिन्धियाका लागि परम्परागत सिक्किमी पोशाक ‘बक्खु’ किने। उक्त जानकारी पीआईबीले दिएको छ।

केन्द्रिय मन्त्री सिन्धियाले शुद्ध रेशमबाट बनेका आकर्षक बक्खु सेटसँगै परम्परागत एप्रन र बेल्ट पनि किने। खरिदारीका क्रममा उनले भिडियो कलमार्फत श्रीमती सिन्धियासँग सल्लाह लिँदै उनको रुचिअनुसार पोशाक छनोट गरेका थिए।

एमजी रोड भ्रमणका क्रममा केन्द्रिय मन्त्रीले एक स्थानीय डिपार्टमेन्टल स्टोरको पनि गए र सिक्किमका प्रसिद्ध स्थानीय उत्पादन तथा स्न्याक्स, डल्ले पेस्ट, डल्ले भिनेगर, तितौरा र ड्राई प्लम किने। यस अवसरमा उनले सम्पूर्ण भुक्तानी डिजिटल माध्यम यूपीआई मार्फत गरेका थिए।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande