हुन्डरीको कारणले धेरै वटा घरहरू क्षतिग्रस्त
हुन्डरीको कारणले धेरै वटा घरहरू क्षतिग्रस्त


अलिपुरद्वार, 17 मई (हि. स.)। हुन्डरीले फालाकाटाको दुई नम्बर ग्राम पञ्चायत अधिनस्थ बंशीधरपुर गाउँमा ठूलो क्षति पुऱ्याएको छ। गए शनिवार अबेर राति हावाको तीव्र गतिले धेरै वटा रूखहरू ढलेर घरलाई व्यापक नोक्सान पुऱ्यायो। बिजुलीका तारहरू पनि चुँड़िएकोले गर्दा क्षेत्रमा बिजुली व्यवस्था बाधित भएको छ।

सबैभन्दा बढ़ी नोक्सान बंशीधरपुरको अधिकारी पाड़ामा भएको छ।

प्राप्त जानकारी अनुसार स्थानीय निवासी बासु मुण्डाको घरमाथि रूख ढलेर उनीहरूको सुत्ने कोठा र भान्सा घर पूर्ण रूपले ध्वस्त भएको छ। आइतवार बिहान उनकी पत्नी मञ्जु उराँवलाई खुल्ला आकाशमुनि खाना पकाइरहेको देखियो। टाउको लुकाउने छानो गुमाइसकेका यस परिवारसम्म अहिलेसम्म पनि कुनै प्रकारको सरकारी सहायता पुगेको छैन।

यसै गाउँका निर्मलकुमार विश्वासको खमारी (रूखको प्रजाति) बगानका लगभग 25 वटा रूखहरू ढलेका छन्। यीमध्ये केही रूखहरू यिनीहरूको टिनको घरमाथि लड़ेका छन्। यस अतिरिक्त क्षेत्रका अन्य धेरै वटा घरहरूलाई पनि हावा-हुन्डरीले क्षति पुऱ्याएको छ।

आइतवार स्थानीय पञ्चायत सदस्य सुबल बर्मनले प्रभावित क्षेत्रको भ्रमण गरे। उनले भने, नोक्सानको सम्पूर्ण मूल्याङ्कन गरिँदैछ। चाँड़ै नै प्रशासनलाई रिपोर्ट पठाएर आवश्यक कारबाही गरिनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande