
सिलगढ़ी, 17 मई (हि. स.)। आर्थिक रूपले दुर्बल जनजातिय समुदायका मानिसहरूलाई सहयोग गर्नका लागि ‘वनवासी कल्याण आश्रम – उत्तर बङ्गाल’ द्वारा एक सराहनीय पहल गरियो। सिलगढ़ीको सालबाड़ी स्थित बिरसा शिशु शिक्षा केन्द्र परिसरमा आइतवार भव्य “सामूहिक विवाह संस्कार” कार्यक्रम आयोजना गरियो।
उक्त आशयको जानकारी गराउँदै संस्थाको पक्षबाट बताइयो, यस कार्यक्रममा जनजातीय समाजका 108 जोड़ीको विवाह सामाजिक सहयोगबाट सम्पन्न गरिँदैछ। सबै विवाह पारम्परिक रिती-थिती तथा धार्मिक मान्यता अनुसार गराइँदैछ।
यस पहलको उद्देश्य आर्थिक रूपले कमजोर परिवारमाथि विवाहको बोझ कम गर्नु अनि समाजमा एकता तथा सहयोगको भावनालाई सशक्त बनाउनु हो। यो आयोजनलाई सामाजिक समरसता तथा सेवाको एक उत्कृष्ट उदाहरण मानिंदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा