
गुवाहाटी, 17 मई (हि.स.)। गुवाहाटीको पानबजार महिला पुलिस स्टेशनको टोलीले एक महिलालाई गर्भपतन गराउन बाध्य पारिएको आरोपमा दर्ता गरिएको उजुरीको आधारमा एक अभियुक्तलाई पक्राउ गरेको छ। आइतवार पुलिसले बतायो, पानबजार महिला थाना टोलीले गोटानगर निवासी चिन्मय दत्ता (30) लाई सम्बन्ध ठगी, आपराधिक धम्की र सहमति बिना गर्भपतनको एक मामिलामा संलग्न भएको आरोपमा पक्राउ गरेको छ।
अभियुक्तले विवाहको बहानामा उजुरीकर्तासँग शारीरिक सम्बन्ध राखेको थियो र पछि स्वास्थ्य जटिलताका कारण महिलालाई त्याग्यो। घटनाको सम्बन्धमा दायर गरिएको एफआईआरको आधारमा मुद्दाको गम्भीरतापूर्वक अनुसन्धान भइरहेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी