सड़क दुर्घटनामा एक जनाको मृत्यु, दुई जना घाइते
सड़क दुर्घटनामा एक जनाको मृत्यु, दुई जना घाइते


मोरीगाउँ (असम), 17 में (हि.स.)। मोरीगाउँ जिल्लाको जागीरोड थाना क्षेत्रमा भएको एक सड़क दुर्घटनामा एक जना व्यक्तिको घटनास्थलमै मृत्यु भयो।यस दुर्घटनामा अन्य दुई जना मानिसहरू घाइते भए। पुलिसले आइतवार बतायो, यो दुर्घटना बितेको शनिवार राति जागीरोडको निर्माणाधिन टोटो सेमीकण्डक्टर प्रकल्प अगाड़़ि भएको हो।

मृतकको पहिचान पलङ्गसु गाउँका अर्जुन थापाको रूपमा गरिएको छ भने गम्भीर रूपमा घाइतेहरूको पहिचान टेघेरिया गाउँका हीरक ज्योति बरदलै र अरुण बरदलैको रूपमा गरिएको छ जसलाई गम्भीर अवस्थामा उन्नत चिकित्साको निम्ति गुवाहाटी मेडिकल कलेज एवं अस्पतालमा पठाइएको छ। अस्पतालमा यिनीहरू जीवन-मरणबीच जुझिरहेका छन्। पुलिसले घटनाको सिलसिलामा एक प्राथमिकी दर्ता गरी मृतकको शवलाई पोस्टमर्टम गर्नको लागि पठाइदिएको छ। पुलिस मामिलाको जाँचमा जुटिसकेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande