शाहदराको चार तले घरमा आगो लाग्यो, दमकल कर्मीहरूले नौ जनालाई सुरक्षित बाहिर निकाले
शाहदराको चार तले घरमा आगो लाग्यो, दमकल कर्मीहरूले नौ जनालाई सुरक्षित बाहिर निकाले


नयाँ दिल्ली, 17 मई (हि.स.)। शाहदरा जिल्लाको मानसरोवर पार्क क्षेत्रमा बितेको शनिवार अबेर राति चार तले घरमा आगो लागेपछि कोकोहोलो मचियो। आगो ग्राउण्ड फ्लोरको पार्किङ्गमा राखिएको घरेलु वस्तुमा लागेको थियो जसले गर्दा सम्पूर्ण भवनमा कालो धुँवा भरियो। सूचना पाए लगत्तै दमकल विभागको टीम घटनास्थलमा पुग्यो अनि भिन्न-भिन्नतलामा फसेका नौ जना मानिसहरूलाई सुरक्षित बाहिर निकालेर अस्पतालमा पुऱ्यायो।

दमकल विभाग अनुसार राति लगभग 12:3 बजी शादरा क्षेत्रको डी-45, मदर डेयरी गल्ली, मानसरोवर पार्कस्थित एउटा घरमा आगो लागेको सूचना प्राप्त भएको थियो। सूचना पाएपछि तीन वटा वाहनलाई घटनास्थल तर्फ प्रस्थान गराइयो। यो सम्पूर्ण कारबाही स्टेशन अफिसरद्वय विनोद र सुरेन्द्रको निगरानीमा गरियो।

अधिकारी अनुसार दमकल कर्मीहरूले घटनास्थलमा पुगेर देखे, ग्राउण्ड फ्लोरको पार्किङ्गमा राखिएको खरेलु सामानहरूमा आगो लागेको थियो जसबाट भवनभित्र घना धुँवा फैलिएको थियो। भवनको ग्राउण्ड प्लस चार तला थियो। धुँवाले गर्दा सबै तलामा मानिसहरू फसेका थिए। दमकल विभागको टीमले तत्काल राहत एवं बचाउ अभियान सञ्चालन गरी नौ जना मानिसहरूलाई सुरक्षित बाहिर निकाल्यो। सबै मानिसहरूलाई श्वास-प्रश्वासमासमस्या भएको कारणले एम्बुलेन्स मार्फत जीटीबी अस्पतालमा पुऱ्याइयो। अस्पतालमा डाक्टर मधुको निगरानीमा सबैलाई अब्जर्भेशनमा राखिएको छ।

दमकल अधिकारी अनुसार दमकलकर्मीहरूद्वारा रेस्क्यू गरिएका मानिसहरूको पहिचान वंशिका (20), तनिष्का सोनी (19), दुर्गेश (49), योगेश वर्मा (50), राजरानी (65), अरुण गर्ग (48), अनन्या (12), रेनू गर्ग (19) र प्रतीक गर्ग (19)- को रूपमा भएको छ। दमकल विभागले लगभग 40 मिनटमाआगोलाई नियन्त्रण गऱ्यो। शुरूआती जाँचमा आगलागीको कारण शर्ट सर्किट वा घरेलु सामानमा परेको झिल्का मानिँदैछ। तथापि वास्वतिक कारणको जाँच गरिँदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande