
हुगली, 17 मई (हि. स.)। चुनाउ प्रचार अवधि भाजपा कार्यकर्ताहरूमाथि कुटपिट गरेको आरोपमा तृणमूल कङ्ग्रेसका पार्षद राजू पड़ुई उपनाम चण्डेलाई पुलिसले पक्राउ गरेको छ। गए शनिवार साँझ हुगली जिल्लाको वैद्यबाटी क्षेत्रमा भएको यस कारबाहीपछि राजनीतिक खैलाबैला तीव्र भएको छ। तथापि स्थानीय तृणमूल नेतृत्वले सबै आरोपहरूलाई अस्वीकार गरेका छन्।
घटना गत 26 अप्रेलमा भएको बताइएको छ।
दोस्रो चरणको मतदान हुनअघि वैद्यबाटी नगरपालिकाको वार्ड नम्बर चारस्थित जात्राबाग क्षेत्रमा भाजपा कार्यकर्ता अनि समर्थकहरूले चुनाउ प्रचार गरिरहेका थिए। आरोप छ, यस अवधि वार्डका तृणमूल पार्षद राजू पड़ुई आफ्ना समर्थकहरूको साथमा त्यहाँ पुगे अनि भाजपा कार्यकर्ताहरूमाथि कुटपिट गरे।
भाजपा कार्यकर्ताहरूले आरोप लगाए, उनीहरूलाई मरूञ्जेल कुटियो अनि पछि गम्भीर परिणाम भोग्ने धम्की दिइयो।
राज्यमा सत्ता परिवर्तन भएपछि भाजपा नेता स्नेहांशु मोहान्तले श्रीरामपुर थानामा लिखित सिकायत दर्ता गराए। उनले आरोप लगाए, प्रचार अवधि राजू पड़ुई र तारापद दास समेत अन्य मानिसहरूले उनीहरूमाथि हमला गरे।
स्नेहांशुले यो पनि आरोप लगाएका छन्, राजू पड़ुईले उनको घरमा मानिसहरू पठाएर परिवारलाई ज्यानमारा धम्की दिएका थिए। भाजपा नेताले दाबी गरे, परिवारको सुरक्षालाई ध्यानमा राखेर उनले तत्काल पुलिसमा सिकायत दर्ता गराउन सकेका थिएनन्।
एफआईआर दर्ता भएपछि पुलिसले जाँच सुरू गऱ्यो अनि वैद्यबाटी क्षेत्रबाट राजू पाड़ुईलाई पक्राउ गऱ्यो। श्रीरामपुरका एकजना अधिकारीले बताए, मामिलाको भइरहेको छ। आरोपीलाई आइतवार श्रीरामपुर अदालतमा पेश गरियो।
अर्कोतिर स्थानीय तृणमूल नेतृत्वले पार्षदविरूद्ध लगाइएका आरोपहरूलाई पूर्ण रूपले खारेज गरेका छन्। तृणमूल नेताहरूको दाबी छ, सत्तामा आएपछि भाजपा कार्यकर्ताहरूद्वारा तृणमूल समर्थकहरूलाई लक्षित गरिँदैछ। यो मामिलामा पनि त्यस्तै हो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा