
खरसाङ, 17 मई (हि.स.)। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा (भागोप्रमो) खरसाङ टाउन कमिटीले विधानसभा चुनाउपछि पहिलो सभा आज स्थानीय खरसाङ महकुमा समिति कार्यालयमा आयोजना गऱ्यो। सभाको अध्यक्षता टाउन कमिटीका उपाध्यक्ष सन्तोष परीले गरेका थिए। सभामा वार्डका नेतृत्त्व गर्ने टाउन कमिटीका सम्पूर्ण सदस्यगण उपस्थित थिए।
सभामा खरसाङ टाउन कमिटीका कार्यकारिणी सदस्य राजु सेवाले केही दिन अघि गाेजमुमाेका अध्यक्ष बिमल गुरुङले 'थुकी दिनु' भनेर जनतालाई उक्साउने भाषण दिएकाे बताउॅंदै यसको तीव्र विरोध जनाए। उनले चुनाउ आफ्नाे पार्टीबाट एकजना उम्मेदवार दिनु नसक्ने व्यक्तिले आज जुन जीतको खुशी मनाउँदै छ त्यो भारतीय जनता पार्टीको जीत रहेको बताए। उनले यसलाई बिमल गुरुङको नैतिक हार ठहर गरे।
सभामा टाउन कमिटीका सांगठनिक सचिव बिशन तामाङ, लक्ष्मण गुरुङ अनि टाउन कमिटी सांगठनिक सचिव मैत्र सेन शर्माले पनि वक्तव्य राखेका थिए।
हिन्दुस्थान समाचार / हनोक