
खरसाङ, 17 मई (हि.स.)। खरसाङ महकुमा अन्तर्गत घैयाबारीको बुथ नम्बर 257 भारतीय जनता पार्टी (भाजपा) को आयोजनामा आज घैयाबारीमा बिजय ऱ्यालीको आयोजनामा गरियो। हालैमा सम्पन्न भएको विधानसभा चुनाउमा भाजपा उम्मेदवार सोनाम लामालाई जिताएकोमा जनतालाई धन्यवाद ज्ञापन गर्न बिजय ऱ्यालीको आयोजना गरिएको थियो।
बिजय ऱ्याली घैयाबारीको अप्पर गैरी गाउँस्थित अस्पताल मोडदेखि शुरु भएर राष्ट्रिय राजमार्ग 110 हुँदै डाँडा गाउँसम्म अनि त्यहाँबाट 14 माइलसम्म आयोजना गरियो। बिजय ऱ्यालीमा भाजपाको नेतृत्व साथै पञ्चायत सदस्य महेश छेत्री र सुनिता गजमेर, बुथ कमिटीका सभापति महेश लामा, सचिव जलदीप छेत्री, नारी मोर्चा सचिव सपना राई, युवा मोर्चा सदस्य रबि छेत्री र देवमणि राई लगायत अन्य पदाधिकारीहरु उपस्थित रहेका थिए।
हिन्दुस्थान समाचार / हनोक