
खरसाङ, 17 मई (हि.स.)। गोर्खा जनमुक्ति मोर्चाको चिमनी देवराली ब्लक कमिटी गठन गरिएको छ। ब्लक कमिटी गठनका लागि आज पार्टीको एक सांगठनिक सभा खरसाङ महकुमा समितिका सभापति एवं पूर्व सभासद योगेन्द्र राईले अध्यक्षता सम्पन्न भयो। सभामा गोजमुमो केन्द्रिय उपाध्यक्ष एवं खरसाङ महकुमा समितिका मुख्य समन्वयक प्रदीप प्रधान पनि उपस्थित थिए।
सभामा खरसाङ महकुमा अन्तर्गत चिमनी देवराली ब्लक कमिटी गठन गरियो, जसमा ब्लक कमिटी सभापति बीबी राई, उप सभापतिद्वय रोहित रुम्बा र राजु गोले, सचिव भानु राई, सह सचिव सहदेव सिंह, कोषाध्यक्षद्वय कैलाश खवास र सुजन रुम्बा, मुख्य सल्लाहकार शिवकुमार राई, पदम रुम्बा, मनमाला तामाङ र रुपा शेर्पा लगायत 30 जना कार्यकारी सदस्यहरू रहेका छन्।
हिन्दुस्थान समाचार / हनोक