
खड़गपुर, 17 मई (हि.स.)। पश्चिम बङगालको खड़गपुरमा आयोजित माता पूजा उत्सवमा जड़ान गरिएको ठूलो ध्वनि बक्स तथा चर्को आवाजलाई लिएर उठिरहेका प्रश्नहरूमाथि भाजपा नेता दिलीप घोषले प्रतिक्रिया व्यक्त गरेका छन्। पत्रकारहरूद्वारा सोधिएको प्रश्नको जवाफमा उनले भने, “कोही पनि कानूनदेखि बाहिर छैन, मस्जिद मात्र होइन। म खड़गपुरका बासिन्दाहरूलाई पनि निवेदन गर्दछु कि यहाँ माता पूजाको नाममा धेरै होहल्ला हुन्छ, पूजा शान्तिले भक्तिभावको साथमा हुनुपर्छ।
उनले भने, हामी पनि जान्छौं, पूजा गर्छौं, यस्तो वातावरण नहोस् जहाँ मानिसहरू डराइरहेको, बिमारी नदेखियोस्। सुन्दर एवं पवित्र वातावरणमा पूजा हुनुपर्छ। सरकारले पनि सहयोग गर्नेछ, त्यसैले कुनै पनि समुदाय अथवा धर्मका मानिसहरूले कानूनभित्रै रहेर व्यवस्था गरुन्, नत्र कानूनको हात धेरै लामो छ कुनै पनि ठाउँमा पुग्नसक्छ। तपाईहरूले त देखिरहनु नै भएको छ। त्यसैले सरकारलाई कुनै पनि कड़ा फसेला लिनको लागि बाध्य नबनाइयोस्, चाहे त्यो आसनसोल होस् वा कोलकातामा वा कुनै पनि स्थानमा।कानूनदेखि बाहिर, कानूनदेखि माथि यदि कसैले काम गर्ने प्रयास गर्छ भने यो प्रयास नगरियोस्, हामी सुध्रिनुपर्छ।
उनले यो बयान खड़गपुरमा आयोजित माता पूजा अवधि व्यापक स्तरमा जड़ान गरिएका ध्वनि यन्त्रहरू तथा त्यसबाट उत्पन्न हल्लालाई लिएर पत्रकारहरूद्वारा सोधिएको प्रश्नको जवाफमा दिएका हुन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा