भागोप्रमो तीनधारे महानदी समष्टिको चुनाउपछि पहिलो सांगठनिक सभा सम्पन्न
चुनाउपछि जनतालाई धन्यवाद ज्ञापन गर्न भागोप्रमो तीनधारे महानदी समष्टिको पहिलो सांगठनिक सभा सम्पन्न


खरसाङ, 17 मई (हि.स.)। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा (भागोप्रमो) महानदी तीनधारे समष्टिको चुनाउपछि पहिलो सांगठनिक एवं धन्यवाद सभा सम्पन्न भएको छ। आज भएको उक्त सभाको अध्यक्षता हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन खरसाङ महकुमा समितिका सभापति सागर गुरुङले गरेको थियो।

सभामा प्रमुख अतिथिका रुपमा भागोप्रमोको केन्द्रिय महासचिव एवं खरसाङ विधानसभा समष्टिका उम्मेदवार अमर लामा उपस्थित रहेका थिए। सभामा पार्टीको तर्फबाट जनतालाई धन्यवाद दिइयो भने समष्टिको 22 वटै बुथहरुका प्रतिनिधिहरु र पार्टी कार्यकर्ताहरुलाई पनि धन्यवाद दिइयो।

सभालाई पार्टीको केन्द्रिय महासचिव अमर लामा, खरसाङ महकुमा समितिका महासचिव एवं सभासद प्रणाम रसाइली, तीनधारे महानदी समष्टिका सभासद नवराज छेत्री, पेम्बा रिम्पोर्छे, नारी शक्तिकी समष्टि सभापति निरा प्रधान, पञ्चायत समिति सदस्या कुसुम प्रधान, जीटीए कर्मचारी संगठनका युवराज प्रधान, ट्रक मालिक एसोसिएसनका मन्ना त्रिखत्रीले सम्बोधन गरेका थिए।

सभापछि पत्रकारहरुलाई सम्बोधन गर्दै पार्टीको तीनधारे महानदी समष्टिका प्रवक्ता बिपन विश्वकर्मले यो सभा सांगठनिक सभासितै समष्टिका जनता र पार्टी कार्यकर्ताहरुलाई धन्यवाद ज्ञापन गर्न गरिएको बताए। उनले तीनधारे महानदी समष्टिका 22 वटा बुथ मध्ये सातवटा बुथमा भागोप्रमोको जीत भएको जानकारी गराउँदै जनतालाई धन्यवाद ज्ञापन गरे।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande