
कोलकाता, 18 मई (हि.स.)। पश्चिम बङ्गालमा भ्रष्टाचार एवं धन उपार्जनका आरोपहरूलाई मध्यनजर गर्दै तृणमूल कङ्ग्रेसका नेता एवं कार्यकर्ताहरूमाथि पुलिसले लगातार कारबाही गरिरहेको छ। राज्यका विभिन्न जिल्लाहरूमा विभिन्न मामिलाहरूमा धेरै जनालाई पक्राउ गरिएको छ।
पहिलो मामिलामा दिनहाटा नगरपालिकाका पूर्व चेयरम्यान गौरी शङ्कर माहेश्वरीलाई भवन निर्माण योजना स्वीकृति घोटालामा सोमवार पक्राउ गरियो। यसको एक दिनअघि दिनहाटा नगरपालिकाकी कर्मचारी मौमिता भट्टचार्यलाई पनि पुलिसले हिरासतमा लिएको थियो। गएआइतवार अदालतमा पेश गरिएपछि मौमितालाई तीन दिनको पुलिस हिरासतमा पठाइएको छ।
अर्को मामिलामा पश्चिम बर्दवान जिल्लाको दुर्गापुर-फरिदपुर ब्लक तृणमूल अध्यक्ष शतदीप घटकलाई धन उपार्जन तथा आतङ्क फैलाएको आरोपमा पक्राउ गरियो। पुलिस अनुसार उनीमाथि भाजपा कार्यकर्ता तथा स्थानीय मानिसहरूलाई पछिल्लो लामो समयदेखिकै धम्क्याएको तथा अवैध असुली गरेको आरोप लागेको छ। फरिदपुर थाना पुलिसले गए अबेर राती अभियान सञ्चालन गरी उनलाई पक्राउ गरेको हो। उनलाई दुर्गापुर उपमण्डलीय अदालतमा पेश गरियो।
आसनसोलमा पनि तृणमूल कार्यकर्ता राजू आहालुवालियालाई केही मामिलाहरू जसमा धन उपार्जनको आरोप पनि सामेल छ,-मा पक्राउ गरिएको छ।
यता दासपुर-1 पञ्चायत समितिका कार्यकारी निदेशक कुमारेश भुइयाँ पनि पुलिस कारबाहीको घेराभित्र परेका छन्। कुमारेश, पूर्व विधायक ममता भुइयाँका छोरा हुन्। उनीमाथि धन आर्जन तथा गुण्डागिरी गरेको आरोप लगाइएको छ।
राज्यमा पूर्ववर्ती तृणमूल शासन कालमा केही नेताहरूमाथि भ्रष्टाचारको आरोप लाग्दै आएको थियो। अब राज्यमासत्ता परिवर्तन भएपछि मुख्यमन्त्री शुभेन्दु अधिकारीले पुलिसलाई यस्ता मामिलाहरूमा कड़ाई गर्ने निर्देश दिएका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा