इम्फाल पूर्वमा सक्रिय प्रीपाक उग्रवादी पक्राउ
इम्फाल पूर्वमा सक्रिय प्रीपाक उग्रवादी पक्राउ


इम्फाल, 18 मई (हि.स.)। मणिपुरको इम्फाल पूर्व जिल्लामा सुरक्षा बलहरूले प्रतिबन्धित उग्रवादी सङ्गठन पीपुल्स रिभोल्यूशनरी पार्टी अफ काङ्गलेइपाकका एकजना क्याडरलाई पक्राउ गरेका छन्।

पुलिसले आज आधिकारिक जानकारी दिए अनुसार पक्रा पर्ने उग्रवादीको पहिचान लैश्रम जीवन सिंह (38) को रूपमा भएको छ जो लाङ्गमीडोङ्ग निवासी रहेको बताइएको छ। सुरक्षा बलहरूले उसलाई गए 17 मईको दिन इम्फाल पूर्व जिल्लाको हेङ्गाङ्ग थाना अन्तर्गत खाबाम लामखाई माखा लैकाई क्षेत्रमा अभियान सञ्चालन गरी पक्राउ गरेका हुन्।

पुलिस अनुसार प्रीपाक सङ्गठनका सक्रिय क्याडर रहेको सिंह क्षेत्रका विभिन्न गतिविधिहरूमा सामेल थिए। पक्राउपछि आरोपीलाई अग्रिम कानूनी कारबाही तथा जाँचबुझको लागि पुलिसलाई सुम्पिइयो। राज्यमा उग्रवादी गतिविधिहरूमाथि लगाम कस्न तथा कानून-व्यवस्थालाई कायम राख्नको लागि सुरक्षा एजेन्सीहरूले निरन्तर खोजी अभियान सञ्चालन गरिरहेका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande