धम्की मामिलाका आरोपी तृणमूल विधायक दिलीप मण्डल भागे, पुत्र अर्घ्य सहित पाँच जनालाई समातियो
धम्की मामिलाका आरोपी तृणमूल विधायक दिलीप मण्डल भागे, पुत्र अर्घ्य सहित पाँच जनालाई समातियो


कोलकाता, 18 मई (हि.स.)। विधानसभा चुनाउ अवधि विपक्षी भाजपाविरूद्ध धम्कीपूर्ण टिप्पणी गरेको आरोपमा विष्णुपुरबाट तृणमूल कङ्ग्रेसका विधायक दिलीप मण्डलको खोजीमा जुटेको पुलिसले अब उनको छोरा अर्घ्य मण्डल सहित पाँच जना मानिसहरूलाई पक्राउ गरेको छ। पुलिस सूत्रानुसार अर्घ्य मण्डललाई आग्नयास्त्रसितै पक्राउ गरिएको छ जसमाथि क्षेत्रमा अशान्ति फैलाएको आरोप पनि लागेको छ।

जानकारी मुताविक गए आइतवार राती विधायकको छोरालाई समात्नको लागाि राज्य पुलिसको स्पेशल टास्क फोर्स तथा डायमण्ड हार्बर जिल्ला पुलिसले संयुक्त अभियान सञ्चालन गऱ्यो। अभियानको क्रममा बकखाली-फ्रेजरगञ्जक्षेत्रबाट अर्घ्य मण्डल सहित पाँच जना मानिसहरूलाई पक्राउ गरियो। पुलिसले यी आरोपीहरूसित जाँचबुझ गरिरहेको छ। साथै यो पत्तो लगाउने प्रयास गरिरहेको छ कि यस मामिलामा अन्य पनि सामेल छन् कि छैनन्।

उल्लेखनीय छ, दक्षिण 24 परगना जिल्लाको विष्णुपुरबाट विधायक दिलीप मण्डलको एउटा वीडियो हालैमा सामाजिक माध्यमहरूबाट भाइरल भएको थियो। आरोप छ, भीडियोमा उनले अन्य राजनीतिक दलका काकर्यकर्ता तथा समर्थकहरूलाई धम्की दिएका थिए। तथापि भीडियोको स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन। यस मामिलामा विधायकविरूद्ध थानामा सिकायत पनि दर्ता गरिएको थियो।

यसै सिकायतको आधारमा गत बिहीवार बिहान पुलिसले विधायक दिलीप मण्डलको आवासमा छापामारी गरेको थियो। तथापि त्यसबेला उनी घरमा उपस्थित थिएनन्। पुलिससित केन्द्रिय बलका जवानहरू पनि विधायकको घरमा पुगेका थिए। कैयौं घण्टासम्म अभियान सञ्चालन गरेपछि अधिकारीहरू सांझ 4 बजे त्यहाँबाट फर्किए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande