
गुवाहाटी, 18 मई, (हि.स.)। असम साहित्य सभाका पूर्व अध्यक्ष तथा भारतीय जनता पार्टी (भाजपा)- का विधायक परमानन्द राजबंशीले सभाका वर्तमान अध्यक्ष डा. बसन्त कुमार गोस्वामीको विवादित बयानमाथि चर्को प्रतिक्रिया व्यक्त गरेका छन्।
परमानन्द राजबंशीले आरोप लगाए, साहित्य सभा अब वामपन्थी विचारधारा भएका बुद्धिजिवीहरूको प्रभावमा परिसकेको छ। उनले डा. बसन्त कुमार गोस्वामीलाई असमको वर्तमान सामाजिक एवं राजनीतिक परिस्थितिलाई बुझ्ने अनि वास्तविक धरातलमा फर्किने अपील गरे।
उल्लेखनीय छ, डा. गोस्वामीले कथित रूपमा भनेका छन्, यदि चर-चापोरी क्षेत्रका मुसलमानहरूले जनगणनामा सहयोग गरेनन् भने असमिया मानिसहरू आफ्नै राज्यमा “द्वितीय श्रेणीको नागरिक” बन्नु “सय प्रतिशत निश्चित” हुनेछ। उनको यस बयान पश्चात राज्यभरिकै राजनीतिक एवं सामाजिक जगतमा चर्चा चुलिएको छ।
राजबंशीले भने, साहित्य र संस्कृतिसित जोड़िएका प्रतिष्ठित सङ्गठनहरूका पदाधिकारीहरूले संवेदनशील विषयमा बयान दिँदा संयम अप्नाउनुपर्छ। उनले यो पनि भने, असम साहित्य सभा जस्तो संस्थाले कुनै राजनीतिक विचारधारादेखि माथि उक्लेर समावेशी असमिया समाजको हितमा कार्य गर्नुपर्छ।
डा. गोस्वामीको बयानपथि राज्यमा पहिचान जनसाङ्ख्यिकी परिवर्तन तथा सांस्कृतिक सङ्गठनहरूको भूमिकालाई लिएर बहस अझ चर्किएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा