
गुवाहाटी, 18 मई, (हि.स.)। राज्यमा पेट्रोल र डिजलको मूल्य बढ़ेपछि अब आवश्यक खाद्य सामग्रीहरूको मूल्य पनि लगातार बढ़्दो छ। चामल, दाल, अण्डा एवं खाद्य तेलदेखि लिएर लगभग हरेक चिजको मूल्यमा वृद्धि दर्ता गरिएको छ। अर्कोतिर सब्जीहरूको मूल्यवृद्धिले आम उपभोक्ताहरूमाथि आर्थिक बोझ थपिदिएको छ।
व्यापारीहरूको भनाइ छ, ईन्धनको मूल्यवृद्धिले परिवहनको लागत वृद्धि भएको छ जसको सोझो प्रभाव बजारमा परेको छ। थोक एवं खुदरा दुवै बजारमा वस्तुहरूको मूल्य बढ़्नाले मध्यमवर्गीय तथा निम्न आय वर्गका परिवारहरूमाथि अतिरिक्त आर्थिक बोझ परिरहेको छ।
यता निरन्तर बढ़िरहेको सब्जीहरूको मूल्यले गृहणीहरू एवं सर्वसाधारण मानिसहरू चिन्तित भएका छन्। मानिसहरूको भनाइ छ, दैनन्दिन आवश्यकताका वस्तुहरू किनमेल गर्न अब पहिलाको तुलनामा अझ कठिन भएको छ।
यसबीच आम जनताले खाद्य एवं आपूर्ति विभागसित बजारमा आवश्यक वस्तुहरूको मूल्यलाई नियन्त्रण गर्नको लागि प्रभावकारी कदम उठाउने माग गरेका छन्। मानिसहरूले नियमित बजार निरीक्षण तथा मूल्य नियन्त्रण व्यवस्थालाई कड़ाईपूर्वक लागू गर्ने अपील समेत गरेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा