बलजफ्ती असुलीको मामिलामा आइएनटीटीयूसी नेता पक्राउ
बलजफ्ती असुलीको मामिलामा आइएनटीटीयूसी नेता पक्राउ


कोलकाता, 18 मई (हि.स.)। आसनसोल शहरमा सरकारी जमीनहरूमाथि अवैध कब्जा गरेर पसल थाप्नेहरूबाट हप्ता असुली तथा टोटो-ई रिक्शा चालकहरूबाट ‘दादा ट्याक्स’- को नाममा प्रतिदिन पैसा असुलेको एउटा ठूलो मामिला बाहिरिएको छ। यस सम्बन्धमा सुकान्तो मैदान क्षेत्र निवासी छोटु रावतले आसनसोल थानामा लिखित सिकायत दर्ता गराएका छन्।

सिकायतको आधारमा पुलिसले मामिला दर्ता गरी मोहम्मद नसिम अन्सारी, मोहम्मद टाकिर, मोहम्मद लालू, मोहम्मद अजिज, गौतम दास, अमर नन्दी, गुल्लू, विश्वजीत राय र राजू उपनाम अहलुवालियालाई सूचीबद्ध आरोपी बनाएको छ। यस मामिलामा केस नम्बर 188/26 दर्ता गरी भारतीय न्याय संहिता (BNS)- को धारा 308 (2), 351 (2), 61 (2A) औ 3 (5) अन्तर्गत प्राथमिकी गरिएको छ।

पुलिस सूत्र अनुसार यस मामिलामा अहिलेसम्ममा तीन जना आरोपीहरूलाई पक्राउ गरिसकिएको छ। यी आरोपीहरूसित भएको जाँचबुझको आधारमा आईएनटीटीयूसी नेता राजू आहलुवालियालाई पनि हिरासता लिएर जाँचबुझ गरिँदैछ।

उल्लेख्य, आसनसोल शहरमा सरकारी जमीनमा सड़क किनारमा सयकड़ौं अवैध पसलहरू निर्माण भएका छन्। आसनसोल नगरनिगम पछिल्लो लामो समयदेखिकै यिनीहरूलाई हटाउनको लागि पूर्ण रूपले सफल हुन सकेको छैन। विशेष गरेर हटन रोड क्षेत्रलाई अतिक्रमण मुक्त गर्नको लागि पछिल्लो तीन वर्षमा कैयौं पटक प्रयास गरिसकिएको छ। चार पटक कारबाहीको लागि मार्किङ्ग पनि गरियो, तर प्रत्येक पटक नै अभियान विफल रहँदै आएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande