
झाड़ग्राम, 18 मई (हि. स.)। जिल्लाको जामबनी ब्लक अन्तर्गत तुलिबड़ गाउँमा राज्य सड़कमा भएको एक सड़क दुर्घटनामा एकजना युवतीको मृत्यु भयो भने दोस्रो युवती गम्भीर रूपमा घाइते भए। मृत युवतीको नाम विशाखा माहाता हो।
जानकारी अनुसार सोमवार अपरान्ह स्कुटी र डम्पर आपस्तमा ठोक्किएर दुर्घटनाग्रस्त भयो जसमा दुई जना युवती गम्भीर रूपमा घाइते भए। स्थानीय मानिसहरूको सहयोगमा दुवैलाई तुरन्त अस्पतालमा लगियो जहाँ डाक्टरहरूले विशाखा माहातलाई मृत घोषित गरिदिए। घाइते युवती यशोदा माहातोको उपचार झाड़ग्राम मेडिकल कलेज एवं हस्पिटलमा भइरहेको छ जसको अवस्थालाई लिएर परिवारका सदस्यहरू चिन्तित भएका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा