
मिरिक, 18 मई (हि.स.)। हिल तृणमूल कांग्रेसका चेयरम्यान एलबी राई लगायत मिरिक महकुमाका सबैले सामुहिक रूपमा राजीनामा दिएका छन्। यस क्रममा तृणमूल कांग्रेस मिरिक महकुमा अध्यक्ष अनिल छेत्री, मिरिक महकुमा सचिव शिशिर राई, पार्टी प्रतिनिधिहरू दिमुक तामाङ, सुरेस तामाङ, संगीत राई, युवा केन्द्रिय उपाध्यक्ष विकाश सुब्बा, विद्यार्थी संगठनका आर्यन छेत्री, साैरेनी ग्राम पञ्चायत दुईका कार्यकारी प्रधान रविन (रघु) तामाङ आदि लगायत मिरिकका तृणमूल कांग्रेस कार्यकर्ताहरूले सामूहिक राजीनामा दिएकाे घाेषणा गरिएको छ।
उक्त सामूहिक राजीनामा पत्र हिल तृणमूल कांग्रेस जिल्ला अध्यक्षा शान्ता छेत्रीलाई पठाइएकाे छ। गत विधानसभा चुनाउमा तृणमूल कांग्रेसकाे पराजयलाई स्वीकार गर्दै सबैले पद अनि पार्टीको साधरण सदस्यबाट राजीनामा दिएकाे बताइएकाे छ। सबै पार्टी पदाधिकारीहरु अनि सदस्यहरूकाे राजीनामासँगै तृणमूल कांग्रेसका सबै कमिटीहरू मिरिकमा विघटन गरिएकाे एलबी राईले बताएका छन्।
हिन्दुस्थान समाचार / हनोक