टेङ्गापुखुरीमा भयानक आगलागी, घर जलेर स्वाहा
टेङ्गापुखुरीमा भयानक आगलागी, घर जलेर स्वाहा


चराईदेव (असम), 18 मई (हि.स.)। चराईदेव जिल्लाको टेङ्गापुखुरी धामधूली गाउँमा सोमवार बिहान सवेरै एक भयानक आगलागी भएको थाहा लागेको छ। घटनापछि सम्पूर्ण क्षेत्रमा कोकोहोलो मचियो। आगोले हेर्दा-हेर्दै एउटा आवासीय घरलाई आफ्नो चपेटमा लियो जसबाट पूर्ण रूपले जलेर खरानी भयो।

स्थानीय मानिसहरूले आगोलाई नियन्त्रण गर्नको लागि सकभर प्रयास गरे तथापि आगोको तीव्रता अधिक रहेको कारणले घरलाई बचाउन सकिएन। घटनाको सूचना पाउनसाथ वरिपरीका मानिसहरूले घटनास्थलमा जुटेर राहत कार्यमा सहोग गरे।

घटनाबारे जानकारी पाए लगत्तै क्षेत्रीय विधायक सूरज दिहिङ्गिया पनि घटनास्थलमा पुगे। उनले स्थितिको जायजा लिँदै प्रभावित परिवारसित भेट गरी आफ्नो पक्षबाट हरसम्भव सहयोग गर्ने आश्वासन दिए। आगलागीको कारण अहिलेसम्म पत्तो लाग्न सकेको छैन। स्थानीय प्रशासनद्वारा मामिलाको जाँच गरिँंदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande