कोलकाता मेट्रोको ब्लू लाइनमा बिहान-बिहान यात्रीहरूलाई समस्या, कार्यालय समयमा सेवा बाधित भएको सिकायत
कोलकाता मेट्रोको ब्लू लाइनमा बिहान-बिहान यात्रीहरूलाई समस्या, कार्यालय समयमा सेवा बाधित भएको सिकायत


कोलकाता, 18 मई (हि.स.)। सप्ताहको पहिलो कार्य दिवसको बिहान कोलकाता मेट्रोको ब्लू लाइनमा यात्रीहरूलाई ठूलो समस्याको सामना गर्नुपऱ्यो। सोमवार बिहान कार्यालय समयामा मेट्र सेवामा भएको ढिल्याईलाई लिएर यात्रीहरूले सिकायत गरे।

जानकारी अनुसार गए आइतवार टलीगञ्ज-शहीद खुदीराम स्टेशन खण्डमा दिनभरि भएको रखरखाउ कार्यको कारणले सेवा बन्द थियो। त्यसपछि सोमवार बिहान पनि यसै खण्डमा ट्रेन ढिलो गरी चलेको सिकायत आइरहेको छ।

यता नोआपाड़ादेखि शहीद खुदीराम जाने मेट्रो सेवामा पनि सामान्य ढिलो भएको सिकायत यात्रीहरूले गरे। कार्यालय समयमा ट्रेन ढिलो गरी आइपुगेको कारणले विभिन्न स्टेशनहरूमा यात्रीहरूको भीड़ देखियो। मेट्रो रेकहरूमा पनि अत्यधिक भीड़को स्थिति यथावत रह्यो।

केही यात्रीहरूले आरोप लगाए, भीड़को दबावले गर्दा केही स्टेशनहरूमा मेट्रोको ढोका सही ढङ्गमा बन्द भइरहेको थिएन। तथापि मेट्रो सूत्रानुार शहीद खुदीराम स्टेशनमा मेट्रो रेकलाई मोड़्ने प्रक्रियामा सामान्य विलम्ब भएको कारणले सानो समस्या उत्पन्न भएको थियो। मेट्रो प्रशासनको दाबी छ, अब सेवाहरू पूर्ण रूपले सामान्य भइसकेको छ।

यद्यपि यात्रीहरूको भनाइ छ, कार्यालय समयमा थोरै विलम्ब पनि स्टेशनहरूमा व्यापक भीड़को कारण बन्दछ। कतिपय मानिसहरू ट्रेनमा चढ़्न सकिरहेका छैनन्। अर्कोतिर मेट्रोद्वारा बताइएको छ, सेवा सामान्य छ, ठूलो समस्या भएको छैन।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande