
पश्चिम मेदिनीपुर, 18 मई (हि.स.)। जिल्लाको दाँतनस्थित भट्टर कलेजमा नयाँ शैक्षणिक सत्रदेखि दुई वटा नयाँ विभाग शुरू गरिँदैछ। कलेज प्रशासनले जूलोजी तथा न्यूट्रिशन विषयमा स्नातक स्तरको पढ़ाई शुरू गर्ने निर्णय लिएको छ। यसको साथै सन्थाली भाषाको ओलचिकी लिपिलाई मान्यता दिँदै यस लिपिमा कोर्सको पढ़ाई शुरू गरिनेछ।
कलेजका प्राचार्य गिरिधारी पण्डाले बताए, क्षेत्रका विद्यार्थीहरूक मागलाई मध्यनजर गर्दै यी दुई विषयहरू शुरू गरिँदैछ। हाल यी दुवै विभागमा 30-30 वटा सीट निर्धारण गरिएको छ भने आगामी दिनमा विद्यार्थीहरूको सङ्ख्या र रूचिको आधारमा यी विषयहरूमा स्नातकोत्तर पाठ्यक्रम शुरू गर्ने माथि पनि विचार गरिनेछ।
उल्लेखनीय छ, वर्ष 1963- मा स्थापित यो कलेज विद्यासागर यूनिभर्सिटीसित सम्बद्ध रहेको छ भने पछिल्लो वर्ष यसलाई स्वायत्त (अटोनोमस)-को दर्जा प्राप्त भएको थियो। अर्कोतिर यस क्षेत्रमा ठूलो सङ्ख्यामा आदिवासी समुदायका मानिसहरू बसोबास गर्ने हुनाले सन्थाली भाषाको ओलचिकी लिपिमा पढ़ाई शुरू गर्ने माग उठिरहेको थियो। भद्र हेम्ब्रम जो केशियाड़ीका विधायक हुन्,-ले कलेज प्रशासनसित स्नातक स्तरमा ओलचिकी लिपिमा पढ़ाई शुरू गर्ने अनुरोध गरेका थिए। उनको भनाइ छ, यदि उच्च शिक्षामा पनि मातृभाषामा पढ़ाईको सुविधा प्राप्त भए आदिवासी विद्यार्थीहरूको उत्साह अझ बढ़्नेछ।
गए आइतवार अबेर साँझ कलेज प्रशासनले बतायो, हाल ओलचिकी लिपिमा पास कोर्स शुरू गरिँदैछ। भविष्यमा विद्यार्थीहरूलाई रूचिलाई ध्यानमा राखेर यसमा अनर्स शुरू गर्नेमाथि पनि निर्णय लिन सकिन्छ।
यता मेदिनीपुरस्थित राजा नरेन्द्र लाल खान महिला कलेजमा पनि यस वर्ष एउटा नयाँ विभाग खोलिँदैछ। यहाँ रिमोट सेन्सिङ्ग औ जीआईएस (जियोस्पेशियल तकनिक) विषयमा पढ़ाई शुरू गरिनेछ। यस विषयमा विज्ञान, कला वा वाणिज्य कुनै पनि विभागका विद्यार्थीहरूले प्रवेश लिन सक्नेछन्।
कलेजको भूगोल विभागका प्रोफेसर प्रभात कुमार शीतले बताए, यस क्षेत्रमा रोजगारको सम्भावना द्रूत गतिमा बढ़िरहेको छ, त्यसैले स्नातक स्तरमा यो पाठ्यक्रम शुरू गरिँदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा