डर देखाएको, धम्क्याएको तथा जमीन कब्जा गरेको आरोपमा तृणमूल नेता सुब्रत घोष सहित तीन जना पक्राउ
डर देखाएको, धम्क्याएको तथा जमीन कब्जा गरेको आरोपमा तृणमूल नेता सुब्रत घोष सहित तीन जना पक्राउ


पूर्व बर्धमान, 18 मई (हि. स.)। जिल्लामा डर देखाएको, धम्क्याएको एवं जमीन कब्जा गरेको आरोपमा तृणमूल नेता लगायत तीन जना मानिसहरूलाई पुलिसले पक्राउ गरेको छ। पक्रा पर्ने आरोपीहरूको पहिचान तृणमूल जिल्ला सचिव सुब्रत घोष, युवा नेता राजीव दास र उनका एकजना सहयोगी सञ्जय मण्डलको रूपमा भएको छ।

पुलिस अनुसार यी सबैमाथि क्षेत्रका मानिसहरूलाई डर-धम्की दिएको, दबाव दिएको तथा एकजना महिलाको पूर्ख्यौली जमीनमाथि बलजफ्ती कब्जा गर्ने चेष्टा गरेको आरोप लगाइएको छ। भनिन्छ, आरोपीहरूले उक्त जमीनमा क्लब बनाउने योजना बनाइरहेका थिए। सिकायत प्राप्त भएपछि पुलिसले तत्काल कारबाही गर्दै तीनैजनालाई पक्राउ गरी अदालतमा पेश गऱ्यो। हाल पुलिसले सम्पूर्ण मामिलाको जाँच गरिरहेको छ भने अर्कोतिर आरोपीहरूसित जाँचबुझ पनि गरिरहेको छ।

उक्त घटनापछि क्षेत्रको राजनीतिक माहोल तातिएको छ। यो समाचार लेखुञ्जेलसम्म तृणमूलको पक्षबाट उपरोक्त आरोपहरूको बारेमा कुनै आधिकारिक प्रतिक्रिया व्यक्त गरिएको थिएन।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande