
कोलकाता, 18 मई (हि.स.)। पश्चिम बङ्गाल-झारखण्ड सीमामा अवस्थित कुल्टी थाना अधिनस्थ 19 नम्बर राष्ट्रिय राजमार्गको डुबुर्डीही चेकपोस्टमा एक पीड़ादायी सड़क दु र्घटना भयो जसमा कुल्टी ट्राफिक गार्डका सिभिक भोलन्टियर रमेन साहा (40)-को मृत्यु भयो। यस घटनाको कारणले सम्पूर्ण क्षेत्र शोकमा डुबेको छ।
पुलिस तथा स्थानीय सूत्र अनुसार गए आइतवार राती रमेन साहा डुबुर्डीही चेकपोस्टमा ट्राफिक सिग्नलको ड्यूटीमा तैनाथ थिए। यसै अवधि झारखण्ड तर्फबाट द्रूत गतिमा आएको एउटा पिकअप भ्यानले नियन्त्रण गुमाएको कारणले तिनलाई भयानक ठक्कर दियो। ठक्करपछि तिनी घटनास्थलमै सड़कमा मुर्छा परे। त्यहाँ उपस्थित पुलिसकर्मी र सिभिक भोलन्टियरहरूले हतार-हतार तिनलाई अस्पतालमा पुऱ्याए जहाँ डाक्टरहरूले तिनलाई मृत घोषित गरिदिए।
दुर्घटनापछि वाहन चालक घटनास्थलबाट भाग्यो। पुलिसले अज्ञात वाहनविरूद्ध मामिला दर्ता गरी चालकलाई खोजिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा